शुक्रबार, असोज ४ गते २०८१    
images
images

डहरेसम्म पुग्न ६५ लाख लागतमा पदमार्ग निर्माण

images
सोमबार, जेठ २९ २०८०
images
images
डहरेसम्म पुग्न ६५ लाख लागतमा पदमार्ग निर्माण

स्याङ्जा र पर्वतको संगमस्थल अर्जुनचौपारी-५ मा रहेको डहरे धार्मिक, ऐतिहासिक क्षेत्र मात्रै नभई प्रचूरमात्रामा पर्यटकीय सम्भावना बोकेको स्थल पनि हो। अग्लो पहाडको चुचुरामा रहेकाले पनि यहाँबाट स्याङ्जाका अधिकांश भागसहित पर्यटकीय नगरी पोखरा, कुस्मा, बागलुङलगायत जिल्लाका बजार, हिमशृङ्खला, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देख्न सकिन्छ।

images
images

वालिङ- धार्मिक एवं ऐतिहासिक स्थलका रुपमा रहेको डहरेसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ। पदमार्ग निर्माण भएसँगै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-५ मा अवस्थित डहरे देउरालीसम्म भक्तजन पुग्न सहज भएको हो।

images
images
images

गण्डकी प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षमा बयालेदेखि लिलिङसम्मको अप्ठ्यारो बाटोमा पदमार्ग निर्माण गरिएको डहरे बयाले घनटे मल्कवाङ एकानन्द गुफा उपभोक्ता समितिका अध्यक्ष भद्रबहादुर गुरुङले बताए।

'समुद्र सतहदेखि दुई हजार दुई सय ६० मिटरको उचाइमा अवस्थित डहरेसम्म पुग्न यसअघिका वर्षमा ६५ लाख रूपैयाँको लागतमा एक दशमलव ६ किलोमिटर पदमार्ग निर्माण भइसकेको छ', उनले भने, 'चालु आवमा ढुंगा छापेर चार सय ३० मिटर लम्बाइको पदमार्ग निर्माण गरिएको हो।'

अब बयालेदेखि लिलिङबीचमा करिब डेढ किमी पदमार्ग निर्माण गर्न बाँकी  छ। साँघुरो र उकालो बाटो भक्तजन आउनु पर्दा अप्ठ्यारो भएपछि पदमार्ग निर्माण गरिएको मोक्षद्वारी बालसिद्ध योगाश्रम डहरे स्याङ्जा, पर्वतका अध्यक्ष बाबुराम शर्माले बताए।

images

विशेषगरी नवदुर्गा, शिवरात्रि, बाला चतुर्दशीलगायतका चाडपर्वका समयमा यहाँ दर्शनार्थीको भीड लाग्ने गर्छ। 'यी चाडबाहेक अन्य दिनमा पनि यहाँ दर्शनार्थी पूजापाठ गर्न आउने गर्नुहुन्छ', उनले भने, 'विशेष त बाला चतुर्दशीमा शतबीज छर्ने, तोरण टाग्नेको बर्सेनि भीड बढ्ने गरेको छ।'

‘डहरा’ ऋषिले तपस्या गरेको ठाउँ भएकाले पछिल्लो समयमा डहरे देउरालीको नामबाट चिनिने गरिएको अध्यक्ष शर्माले बताए। 'यस स्थानको धार्मिक, ऐतिहासिक एवं पर्या-पर्यटकीय दृष्टिले निक्कै महत्व हुँदा हुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ', अध्यक्ष शर्माले भने, 'यहाँसम्म आइपुग्न सहज पदमार्ग, भौतिक पूर्वाधारको विकास गर्ने क्रममा रहेका छौँ, अब बिस्तारै यहाँ आन्तरिक र बाह्य पर्यटकको रोजाइको स्थलका रुपमा विकसित गर्ने गरी योजना अगाडि बढाउँछौँ।'

डहरे देउरालीको महत्व र यहाँको शक्तिका बारेमा प्रचारप्रसार गर्नुपर्ने देखिएको उनले बताए। दर्शनार्थीले मन्दिर पुगेर आफूले मागेको बर पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।

स्याङ्जा र पर्वतको संगमस्थल अर्जुनचौपारी-५ मा रहेको डहरे धार्मिक, ऐतिहासिक क्षेत्र मात्रै नभई प्रचूरमात्रामा पर्यटकीय सम्भावना बोकेको स्थल पनि हो। अग्लो पहाडको चुचुरामा रहेकाले पनि यहाँबाट स्याङ्जाका अधिकांश भागसहित पर्यटकीय नगरी पोखरा, कुस्मा, बागलुङलगायत जिल्लाका बजार, हिमशृङ्खला, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देख्न सकिन्छ। रासस 


प्रकाशित : सोमबार, जेठ २९ २०८००९:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend