शुक्रबार, असोज ४ गते २०८१    
images
images

महँगा विद्युतीय कारको कर अन्यायपूर्ण थियो, त्यसलाई समायोजन गरियो : अर्थमन्त्री

images
सोमबार, जेठ २९ २०८०
images
images
महँगा विद्युतीय कारको कर अन्यायपूर्ण थियो, त्यसलाई समायोजन गरियो : अर्थमन्त्री

महँगा विद्युतीय कारको मूल्य धेरै भएकाले आगामी वर्षको बजेटबाट त्यसलाई करको दरमार्फत समायोजन गरिएको मन्त्री महतको जिकिर थियो। 

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यवहारिक भन्सारलाई व्यवहारिक बनाउन विद्युतीय गाडीलाई ५ वर्गमा छुट्ट्याएर कर लगाइएको बताएका छन्।

images
images
images

२०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट हुनेबित्तिकै ३० प्रतिशत भन्सार लाग्ने कुरा व्यवहारिक नभएकाले ५ वर्गमा विभाजन गरेर व्यवहारिक मात्र बनाइएको बताएका हुन्। महँगा विद्युतीय कारको मूल्य धेरै भएकाले आगामी वर्षको बजेटबाट त्यसलाई करको दरमार्फत समायोजन गरिएको अर्थमन्त्री महतको जिकिर थियो। 

विद्युतीय सवारी साधनलाई ४ वर्गमा विभाजन गरि १०० किलोवाटसम्मका लागि १० प्रतिशत भन्सार महसुल मात्र लाग्ने, १०० देखि २०० किलोवाट सम्मका लागि ३० प्रतिशत भन्सार महसुल र ३० प्रतिशत अन्त:शुल्क लाग्ने, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका लागि ४५ प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्त:शुल्क लाग्ने र ३०० किलोवाट भन्दा माथिका लागि ६० प्रतिशत भन्सार महसुल र ६० प्रतिशत अन्त:शुल्क लाग्ने साविकको व्यवस्थालाई परिवर्तन गरिएको अर्थमन्त्री महतले बताए। 

५ वर्गमा विभाजन गरि ५० किलोवाट सम्मका लागि १० प्रतिशत मात्र भन्सार महसुल लाग्ने, ५० देखि १०० किलोवाटसम्मका लागि १५ प्रतिशत भन्सार महसुल र १० प्रतिशत अन्त:शुल्क लाग्ने, १०० किलोवाट देखि २०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्त:शुल्क लाग्ने, २०० किलोवाट देखि ३०० किलोवाटसम्मका लागि ४० प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्त:शुल्क लाग्ने र सोभन्दा बढी क्षमताको हकमा साविक बमोजिमकै दरमा लाग्ने व्यवस्था गरिएको महतले संसद्‌मा जवाफ दिने क्रममा बताएका हुन्। 

images

'विगतमा १०० किलोवाट सम्मका लागि १० प्रतिशत मात्रै भन्सार महसुल लाग्ने तर १०१ किलोवाटको सवारी साधन हुनेबित्तिकै ३० प्रतिशत भन्सार महसुल र ३० प्रतिशत अन्त:शुल्क समेत लाग्ने अव्यवहारिक र अमिल्दो महसुल दरको फरकलाई समायोजन गर्नका लागि ५ समूहमा विभाजन गरी सामान्य महसुल दरमा समायोजन मात्र गरिएको हो,' मन्त्री महतले भने, 'पेट्रोलियम पदार्थमा आधारित सबै क्षमताका सवारी साधनमा समेत भन्सार दर एउटै रहेको तर क्षमताको आधारमा अन्त:शुल्क दरमा मात्र सामान्य फरक रहेको छ।'


प्रकाशित : सोमबार, जेठ २९ २०८००८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend