सोमबार, वैशाख ३१ गते २०८१    
images
images

एमसीसी पास गराउन प्रचण्ड पनि सहमत : प्रधानमन्त्री देउवा

images
images
images
एमसीसी पास गराउन प्रचण्ड पनि सहमत : प्रधानमन्त्री देउवा

'उहाँले एमसिसी कहिले पास हुन्छ भन्नुभएको थियो, मैले गठबन्धनसमक्ष छलफल गरेर हामी छिट्टै प्रक्रिया पुर्‍याएर निष्कर्षमा पुग्छौँ भनेको छु। हामीले हस्ताक्षर गरेरै पठाएको भनेको छु, यसमा प्रचण्डजीले पनि हस्ताक्षर गर्नुभएको छ।'

images
images

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे आफूहरू छिटै निष्कर्षमा पुग्ने बताएका छन्। 

images
images
images

संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) मा भाग लिएर फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो प्रतिक्रिया दिएका हुन्।

images

प्रधानमन्त्री देउवाले एमसीसीका उपकार्यकारी प्रमुखसँग भएको भेटघाटका क्रममा नेपाल एमसीसीको पक्षमा रहेको र आवश्यक प्रक्रिया पूरा गरेर यसलाई चाँडै टुङ्गो लगाउने भन्ने विषयमा कुराकानी भएको बताए। 

images

'उहाँले एमसीसी कहिले पास हुन्छ भन्नुभएको थियो, मैले गठबन्धनसमक्ष छलफल गरेर हामी छिट्टै प्रक्रिया पुर्‍याएर निष्कर्षमा पुग्छौँ भनेको छु। हामीले हस्ताक्षर गरेरै पठाएको भनेको छु, यसमा प्रचण्डजीले पनि हस्ताक्षर गर्नुभएको छ, संसद् स्थगन भएको यही कारण होइन अन्य कारणले हो, कतिपय विषयलाई अध्यादेशमार्फत सम्बोधन गर्नुपर्ने भएकाले स्थगन भएको हो', उनले भने। 

images
images

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने समेत बताए। 'गठबन्धन पूरै समयसम्म रहन्छ। गठबन्धनका सम्बन्धमा कुनै किसिमको शङ्का उपशङ्का आवश्यक छैन' उनले भने। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहभागी छन्।

हवाई रुटका सम्बन्धमा भारतसँग विस्तृत कुराकानी

प्रधानमन्त्री देउवाले कोप सम्मेलनका दौरानमा छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकका नेताहरुसँग महत्वपूर्ण विषयमा छलफल भएको बताए। उनका अनुसार विशेषगरी भारतसँग हवाई रुटका सम्बन्धमा विस्तृत कुराकानी भएको छ। भैरहवाको लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ‘एयरस्पेस’ का सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको छ।

'गौतमबुद्ध विमानस्थलमा उडान गर्दा भारतको भूमि प्रयोग भएर उडान गर्नुपर्ने भएकाले एयरस्पेसको सम्बन्धमा कुराकानी भएको छ, यो लगायत अन्य विषयमा पनि राम्रो छलफल भएको र नेपालका निम्ति भारतको राम्रो सद्भाव देखिएको छ। भारतमा समेत युरिया मल अभाव रहेका बेला पनि नेपाललाई भारतले मल दिएर सहयोग गरेकोप्रति धन्यवाद दिएको छु', प्रधानमन्त्री देउवाले भने।

गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ। यो विमानस्थलमा एक महिनाभित्र क्लालिब्रेसन फ्लाइट गरेर त्यसको तीन महिनाभित्रै परीक्षण उडान हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

गोरखा फौजको सङ्ख्या बढाउन बेलायत सकारात्मक

प्रधानमन्त्री देउवाले बेलायतका रक्षामन्त्रीसँगको छलफलको क्रममा नेपालप्रति धेरै ठूलो सद्भाव रहेको पाएको र गोरखा फौजको सङ्ख्या बढाउन सकारात्मक रहेको प्रक्रिया दिएको जानकारी दिए। 'जुन बेलादेखिको गोरखाहरुको तलब बढेको छ, त्यही बेलादेखिको पेन्सन बढ्नुपर्छ भनेर कुराकानी भएको छ। बेलायतका प्रधानमन्त्रीसँगको छलफलमा पनि गोर्खाजको विषयमा सकारात्मक कुराकानी भएको छ', उनले भने।

सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि नेपालको सम्बन्धका बारेमा संक्षिप्त कुराकानी भएको जानकारी प्रधानमन्त्री देउवाले दिए।

images

प्रकाशित : बिहीबार , कात्तिक १८ २०७८०६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend