काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ। बुधबार छापावाल सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार तोलमा ५ सय रुपैयाँ घटेर ९१ हजार रुपैयाँ कायम भएको छ।
तर चाँदीको मूल्य भने स्थिर छ। बिहीबार १२ सय २५ रुपैयाँमा कारोकार भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।