शुक्रबार, चैत १ गते २०८१    
शुक्रबार, चैत १ २०८१
images
images

हवाई टिकटमा भ्याट : कुन गन्तव्यमा कति बढ्ला भाडा?

images
शुक्रबार, जेठ २६ २०८०
images
images
हवाई टिकटमा भ्याट : कुन गन्तव्यमा कति बढ्ला भाडा?

यसबाहेक आन्तरिक हवाई टिकटमा इन्धन चार्ज र हवाई फेयर दुईवटा शीर्षक हुन्छ। इन्धनमा भने सरकारले सुरुमै भ्याट लगाउँछ। सोहीअनुसार टिकटमा इन्धनको चार्ज जोडिएको हुन्छ। 

images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटसँगै ल्याएको आर्थिक ऐनमार्फत हवाई टिकटमा पनि भ्याट लागु गर्ने बताएको छ। हवाई टिकटमा भ्याट लागु भएपछि १३ प्रतिशत नै भाडा बढ्छ? कसरी कार्यान्वयनमा जान्छ? यो विषयमा सरकार आफै अन्योलमा छ। 

images
images

भ्याटको विषयलाई लिएर पर्यटनसम्बद्ध व्यवसायीहरूले विरोध गरिरहँदा हवाई टिकटमा भ्याट लागु गर्ने विषयमा आन्तरिक राजस्व विभाग नै अन्योलमा परेको छ।

images
images

विभागले हवाई टिकटमा भ्याट कसरी कार्यान्वयनमा लैजाने भन्ने विषयमा अहिले अध्ययन थालेको छ।

images
images

भ्याट लगाउने निर्णय गर्नुअगावै अध्ययन गरेर त्यसको प्रभाव र जटिलता बुझ्नु पर्ने विभागले भ्याट लगाउने निर्णयपछि बल्ल अध्ययन थालेको हो। विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार अहिले एउटा अध्ययन कमिटी बनाएर छलफल थालिएको छ।

अन्तर्राष्ट्रिय नागरिक संगठन (आईकाओ)ले पनि अन्तर्राष्ट्रिय हवाई यात्रामा शून्य कर अवलम्बन गर्ने नीति अघि सार्दै आएको छ। सोहीअनुसार आयटाले पनि अन्तर्राष्ट्रिय हवाई यात्रामा शून्य करको विषयमा नै वकालत गर्दै आएको छ। तर कतिपय देशले विभिन्न शीर्षकमा हवाई यात्रामा पनि कर लगाउँदै आएका छन्। छिमेकी राष्ट्र भारतले पनि हवाई टिकटमा जीएसटी लगाउँदै आएको छ। भारतीय नियमअनुसार बुद्ध एयरले बनारस उडानमा समेत कर तिर्दै आएको छ।

हवाई टिकटमा भ्याट कसरी लागु हुन्छ भन्ने विषयमा विभागका महानिर्देशक मैनालीले अहिले अध्ययन भइरहेको बताए। अन्तर्राष्ट्रिय यात्रुको हकमा प्रस्थानको टिकटमा भ्याट लाग्ने व्यव्था गरिएको उनको भनाइ छ। तर १३ प्रतिशत नै भाडा नबढ्ने मैनालीको जिकिर छ।  

मैनालीले भनेअनुसार हुने हो भने १३ प्रतिशत भाडा बढ्दैन। किनकि अहिले नै यात्रु सेवा शुल्क तथा हवाई इन्धनमा पहिले नै भ्याट जोडिएको छ। जसका कारण हवाई टिकटमा भ्याट लागु हुँदा बढीमा ७ प्रतिशतसम्म टिकटको मूल्य बढ्न सक्छ। त्यसमा पनि वायुसेवा कम्पनीहरूले लिने भ्याट फिर्ताको रकमले पनि भाडामा केही कमी आउँछ।
 
आन्तरिक यात्रुको हकमा कसरी भ्याट लाग्छ भन्ने विषयमा विभागले केही दिनमै सरोकारवालालाई जानकारी गराउने बताएको छ। हवाई टिकटमा १३ प्रतिशत भ्याट लाग्दा वायुसेवा कम्पानीहरूलाई पनि केही फाइदा हुने छ। यात्रुलाई भने विगतको तुलनामा ५/७ प्रतिशतसम्म टिकट महँगो हुने मैनाली बताउँछन्।

अहिले अन्तर्राष्ट्रिय यात्रुले विमानस्थल सेवा शुल्कवापत ३ हजार रुपैयाँ तिर्नु पर्छ। यसैगरी अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने आन्तरिक हवाई यात्रुले प्रतिव्यक्ति ५ सय रुपैयाँ र चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, गौतमबुद्ध, लुक्ला, जोमसोम, नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलबाट यात्रा गर्नेले यात्रुसेवा शुल्कवापत ४ सय रुपैयाँ तिर्नु पर्ने छ।

यसैगरी तुम्लिङटार, फाप्लु, रामेछाप, मेघौली, सिमिकोट, जुम्ला, रारा, ताप्लेजुङ, थामखर्क, भोजपुर, लामिडाँडा, रुम्जाटार, खानीडाँडा, दाङ, मनाङ, बाजुरा, डोल्पा, डोटी, बैतडी, रुकुम सल्ले, रुकुम चौरजहारी, बझाङ र साँफैवगर विमानस्थलबाट यात्रु गर्ने यात्रुले यात्रु सेवा शुल्कवापत प्रतियात्रु ३ सय रुपैयाँ तिर्नु पर्नेछ।

अन्य विमानस्थलको हकमा दुईसय रुपैयाँ सेवा शुल्क लाग्छ। यो शुल्क १३ प्रतिशत भ्याटसहितको हो। अब यो शुल्कमा यात्रुले थप भ्याट तिर्नु पर्दैन। यसबाहेक आन्तरिक हवाई टिकटमा इन्धन चार्ज र हवाई फेयरमा दुईवटा शीर्षक हुन्छ। इन्धनमा पहिले भ्याट लागेको छ। सोहीअनुसार शुल्क तय भएको छ।

अब बाँकी रह्यो हवाई फेयर। वायुसेवा सञ्चालन संघको सिफारिसमा नागरिक उड्डयन प्राधिकरणमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकतम हवाई फेयर तोकेको हुन्छ। सरकारले अहिले लगाउने भनेको भ्याट त्यही शुल्कमा हो। कुनै पनि वस्तु वा सेवाको खरिदमा दोहोरो भ्याट लाग्दैन। 

भ्याट कार्यान्वयनमा आएपछि कुन गन्तव्यको भाडा कति बढ्छ?

यहाँ कामठमाडौंबाट हुने मुख्य मुख्य गन्तव्यको हवाई फेयर रकममा १३ प्रतिशत भ्याट जोडेर बढ्ने रकम निकाल्ने प्रयास गरेका छौँ। बढ्ने रकम अधिकतम फेयरमा गरिएको हो।

काठमाडौंबाट अहिले  माउन्टेन उडानको अधिकत टिकट मूल्य फेयर, इन्धन चार्ज र यात्रु सेवा शुल्क गरी १३ हजार ८ सय ७० रुपैयाँ छ। यो सबै रकममा भ्याट लाग्दैन। यो रकमभित्र यात्रु सेवा शुल्कवापतको ५ सय र हवाई इन्धन चार्ज ५ हजार ४ सय ९० रुपैयाँ पनि भ्याट लाग्दैन।

यसबाहेकको ७ हजार ८ सय ८० रुपैयाँ हवाई फेयरमा १३ प्रतिशत भ्याट लाग्छ। १३ प्रतिशत भ्याट लाग्दा १ हजार २४ रुपैयाँ ४ पैसा भ्याट बापतको रकम हुन्छ। यो नै रकम माउन्टेन उडानमा भ्याट लागेपछि यात्रुले अतिरिक्त तिर्नु पर्ने रकम हो।

त्यसैगरी धनगढीको सबै शीर्षकमा गरी अहिलेको फुल भाडा १५ हजार ७ सय रुपैयाँ छ। यसमा अब ८ हजार १ सय १३ रुपैयाँ हवाई फेयरमा १३ प्रतिशत भ्याट लाग्ने छ। 

काठमाडौंबाट उडान हुने प्रमुख गन्तव्यको अहिलेको अधिकत भाडा र १३ प्रतिशत भ्याटपछि हुने अनुमानित भाडा

fair.jpg
माथि उल्लेखित रकम रुपैयाँमा

हवाई टिकटमा भ्याट लागे पनि अहिलेको फुल भाडामा १३ प्रतिशत नै नबढ्ने पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन्। अहिलेको भाडामा केही प्रतिशत भाडा बढ्ने उनको भनाइ। यात्रुलाई केही भाडा बढेपनि विरोधको आवश्यकता नभएको उनको तर्क छ।

विश्वका अरु देशले पनि टिकटमा विभिन्न शीर्षकको नाममा कर लिइरहेका छन्। भारतले पनि टिकटमा जीएसटी लगाएको छ। नेपालबाट भारत उडान गर्ने र भारतबाट नेपाल आउने नेपाली एयरलाइन्सले पनि भारतले लगाएको जीएसटी तिरिरहेका छन्।

यो व्यवस्थाअनुसार एयरलाइन्स कम्पनीहरूले इन्धन खरिद, प्राधिकरणलाई तिर्दै आएको रकम तथा सामान खरिदमा लागेको भ्याट नियमअनुसार फिर्ता पाउँछन्। जसका कारण माथि उल्लेखित भाडामा पनि केही रकम घट्छ। 


प्रकाशित : शुक्रबार, जेठ २६ २०८००५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend