शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बेलायतमा नेपालले पायो ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड

बुधबार, कात्तिक १७ २०७८
बेलायतमा नेपालले पायो ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड

बोर्डले नेपाल स्थित विभिन्न कुटनीतिक नियोगहरूसँगको समन्यवमा  रिपाट्रिएशन फ्लाइट मार्फत करिब ५ हजार भन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो।

काठमाडौं- बेलायतमा नेपालले पायो ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड पाएको छ।  कोरोना महामारी (कोभिड–१९) संक्रमणको बेला जारी लक डाउनको समयमा नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको हाे। 

विश्वचर्चित वन्डरलस्ट म्यागजिनले मंगलबार बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरिएको हो । 

आयोजकले उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेलाई हस्तान्तरण गरेको थियो। यो अवार्डका लागि नोमिनेशन भएका नौंवटा मुलुकहरूलाई उछिन्दै नेपालले यो अवार्ड पाएको हो । 

पर्यटन मन्त्री प्रेम बहादुर आले,पर्यटन मन्त्रालयका सचिव यादव प्रसाद कोईराला, बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र ६ वटा नेपाली पर्यटन व्यवसायी कम्पनीहरू सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लूटिएम) मा सहभागी रहेको छ। 

सोही अवसरमा आयोजित अर्को एक समारोहमा नेपाललाई यो अवार्ड प्रदान गरिएको हो। नेपाल पर्यटन बोर्डले सो समयमा बोर्डले स्ट्रयान्डेड इन नेपाल अन लाइन अभियान सञ्चालन गरी नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो। 

यस्तै बोर्डले नेपाल स्थित विभिन्न कुटनीतिक नियोगहरूसँगको समन्यवमा  रिपाट्रिएशन फ्लाइट मार्फत करिब ५ हजार भन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो।

 

 


प्रकाशित : बुधबार, कात्तिक १७ २०७८१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend