शनिबार, जेठ ५ गते २०८१    
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच समझदारी

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
images
images
नेपाल सुनचाँदी व्यवसायी महासंघ र  एनएलजी इन्स्योरेन्सबीच समझदारी

नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सवीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच सरल र सहज रुपमा इन्स्योरेन्सको काम गर्ने बिषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

images
images

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुई संस्थावीच सरल र सहज रुपमा इन्स्योरेन्सको काम गर्ने बिषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 

images

महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार यो समझदारी सँगै अब मुलुकभरका सुनचाँदी ब्यवसायीले एनएलजी इन्स्योरेन्स कम्पनिसँग सहज र सरलरुपमा इन्स्योरेन्स गरी ब्यवसायीक लाभ लिन सक्नेछन्। देशभरका सवै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरुले कम्पनिको कुनै पनि शाखावाट यो सुविधा लिन सक्ने उनले बताए। 

images
images

कार्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले दुई संस्थावीच भएको समझदारीले सुनचाँदी ब्यवसायी महासंघमाआवद्ध ब्यवसायीहरु लाभान्वित हुने बताए। 

images
images

यसक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले दुई संस्थाबीच भएको समझदारी र त्यसवाट ब्यवसायिले लिनसक्ने लाभका बारेमा प्रकाश पारेका थिए। महासंघका प्रवक्ता मनोज शाहले ब्यवसायीको हितकालागि महासंघले एनएलजी इन्स्योरेन्स कम्पनिसँग समझदारी गरेको बताए। 

सुनचाँदी ब्यवसाय आफैंमा अत्यन्तै संवेदनशील ब्यवसाय हो। यसर्थ यस ब्यवसायमा आवद्ध ब्यवसायीहरुका लागि यो सम्झौताले महत्वपूर्ण लाभ पुग्ने बिश्वास लिइएको छ। 

 


प्रकाशित : आइतबार, भदौ २० २०७८१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend