मंगलबार, जेठ १ गते २०८१    
images
images

भरतपुर सबस्टेसन मर्मत लागि अझै ८ घण्टा

images
बिजनेस न्युज
images
images
भरतपुर सबस्टेसन मर्मत लागि अझै ८ घण्टा

बिग्रिएको ट्रान्सफर्मरलाई हटार २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडानको कार्य भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यो काम सक्न कम्तिमा पनि आठ घण्टा लाग्ने अनुमान गरिएको छ। 

images
images

चितवान- चितवनको भरतपुर सबस्टेसनमा रहेका पावर ट्रान्सफर्मरको मर्मत धमाधम भइरहेको छ। सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिका १ देखि १३ तथा २९ र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउसोदेखि विद्युत आपूर्ति बन्द छ। 

images
images
images

बिग्रिएको ट्रान्सफर्मरलाई हटार २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडानको कार्य भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यो काम सक्न कम्तिमा पनि आठ घण्टा लाग्ने अनुमान गरिएको छ। 

images

अर्को ट्रान्सफर्मर पोखराबाट ल्याउने काम भइरहेको छ। अहिले जडान भइरहेको ट्रान्सफर्मरको काम सकिएपछि सर्वसाधारणलाई बत्ति आपूर्ति गरिने प्राधिकरणले जनाएको छ।  

images

तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोलीले मर्मत कार्यको स्थलगत निरीक्षण गरी काम छिटो सक्न निर्देशन दिएका हुन्।   

images
images

कार्यकारी निर्देशक घिसिङले मर्मत कार्यको अनुमगन गरी जनशक्ति थपेर जतिसक्दो छिटो विद्युत आपूर्तिको व्यवस्था गर्न निर्देशन दिए। ‘तिहारको बेला उपभोक्तालाई अँध्यारोमा राख्न हुँदैन, मर्मतका लागि श्रमिकहरु थपेर भए पनि तत्काल काम सक्नु पर्छ, तत्कालका लागि उद्योगहरुलाई दिइएको आपूर्ति कटौती गरी ग्राहस्र्थवगलाई तिहारमा बत्ति बाल्न पाउने व्यवस्था मिलाउनु पर्छ,’ उनले निर्देशन दिँदै भने। 

सबस्टेसनमा रहेका दुई वटा ट्रान्सफर्मरमध्ये एउटामा शनिबार बिहानबाट समस्या देखिएको थियो। सबस्टेसनमा रहेको अर्को ट्रान्सफर्मरमा मंगलबार दिउसोबाट समस्या देखिएपछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो । 

अहिले वैकिल्पक व्यवस्था गरी हस्पिटलहरु, खानेपानी, जिल्ला प्रशासन तथा प्रहरी, विमानस्थललगायतका क्षेत्रमा विद्युत आपूर्ति सुरु गरिएको छ। सबस्टेसनबाट विद्युत आपूर्ति गर्ने १० वटा फिडरहरुमध्ये एउटा मात्र सञ्चालनमा ल्याउन सकिएको प्राधिकरणको भनाइ छ। 

अहिले सबस्टेसनमा समस्या आउँदा यस क्षेत्रका करिब ५५ हजार ग्राहक विद्युत सेवाबाट वञ्चित भएको प्राधिकरण भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुख राजीवकुमार सिंहले बताए। 

images

प्रकाशित : बुधबार, कात्तिक १७ २०७८१०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend