सोमबार, वैशाख ३१ गते २०८१    
images
images

अरुण कोरिडोर आयोजना सरकारले अघि बढाउँछ : अर्थमन्त्री शर्मा

images
बिजनेस न्युज
images
images
अरुण कोरिडोर आयोजना सरकारले अघि बढाउँछ : अर्थमन्त्री शर्मा

आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै उनले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने बताए।

images
images

किमाथाङ्का- अर्थमन्त्री जनार्दन शर्माले अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताएका छन्।

images
images
images

सङ्खुवासभामा बुधबार एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताए। 

images

सङ्खुवासभाका लागि महत्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उनले बताएका हुन्। सो आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै उनले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने बताए। किमाथाङ्का नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्वका साथ हेरीररहेको उनको भनाइ थियो। 

images

नेपालको पानी जनताको लगानीले अरुण नदीको विभिन्न आयोजना सफल बनाउने मन्त्री शर्माले बताए।

images
images

'अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ'

अर्थमन्त्री शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने पनि बताए।

मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए। नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको उनले जानकारी दिए। 

'अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ', मन्त्री शर्माले भने।

व्यापार घाटा कम गर्न सक्ने स्रोतसाधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने उनले प्रतिबद्धता जनाए। अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो। रासस

images

प्रकाशित : बुधबार, कात्तिक १७ २०७८०९:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend