शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अरुण कोरिडोर आयोजना सरकारले अघि बढाउँछ : अर्थमन्त्री शर्मा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १७ २०७८
अरुण कोरिडोर आयोजना सरकारले अघि बढाउँछ : अर्थमन्त्री शर्मा

आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै उनले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने बताए।

किमाथाङ्का- अर्थमन्त्री जनार्दन शर्माले अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताएका छन्।

सङ्खुवासभामा बुधबार एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताए। 

सङ्खुवासभाका लागि महत्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उनले बताएका हुन्। सो आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै उनले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने बताए। किमाथाङ्का नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्वका साथ हेरीररहेको उनको भनाइ थियो। 

नेपालको पानी जनताको लगानीले अरुण नदीको विभिन्न आयोजना सफल बनाउने मन्त्री शर्माले बताए।

'अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ'

अर्थमन्त्री शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने पनि बताए।

मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए। नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको उनले जानकारी दिए। 

'अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ', मन्त्री शर्माले भने।

व्यापार घाटा कम गर्न सक्ने स्रोतसाधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने उनले प्रतिबद्धता जनाए। अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो। रासस


प्रकाशित : बुधबार, कात्तिक १७ २०७८०९:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend