बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

तिहारमै बढाए हवाई भाडा, कहाँ कति?

images
बुधबार, कात्तिक १७ २०७८
images
images
तिहारमै बढाए हवाई भाडा, कहाँ कति?

आन्तरिक उडान गर्ने निजी वायुसेवा कम्पनीहरूले तिहारको सुरुमै हवाई भाडा बढाएका छन्।

images
images

काठमाडौं- आन्तरिक उडान गर्ने निजी वायुसेवा कम्पनीहरूले तिहारको सुरुमै हवाई भाडा बढाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएका हुन्।

images
images

वायुसेवा कम्पनीले  ४४० रुपैयाँसम्म वृद्धि गरेका छन्। कम्पनीहरूले काठमाडौं-धनगढी रुटमा सवैभन्दा बढी ४४० रुपैयाँ वृद्धि गरेका हुन्। भने सवैभन्दा कम काठमाडौं-सिमारा रुटमा ९५ रुपैयाँ वृद्धि गरेका छन्। निगमले हवाई इन्धनको  मूल्यमा ११.६ प्रतिशत (१० रुपैयाँ प्रतिलिटर) बढाएको थियो।

images
images

हवाई इन्धनको मूल्य ८६ रुपैयाँ प्रतिलिटरबाट बढेर ९६ रुपैयाँ प्रतिलिटर पुगेको छ। वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट पर्वतीय उडानमा अब साविकको तुलनामा ३४५ रुपैयाँ बढी पर्छ। भद्रपुरमा ३ सय, विराटनगरमा २४०, जनकपुरमा १३०, भरतपुरमा १०५, पोखरामा १५५ र भैरहवामा २०५ रुपैयाँ वृद्धि गरिइएको छ। 

images
images

नेपालगञ्जमा ३३०, तुम्लिङटारमा १८५, सुर्खेतमा ३४५ र राजविराजमा २०५ रुपैयाँ वृद्धि गरिएको छ। पोखरा-भरतपुरमा ११०, पोखरा-भैरहवामा १३०, पोखरा-सिमरामा २२०, पोखरा-नेपालगञ्जमा २३५, पोखरा-विराटनगरमा ३५५ र पोखराबाट पर्वतीय उडानमा अब ३१५ रुपैयाँ बढी लाग्ने छ।

विराटनगरबाट पर्वतीय उडानमा ३२०, विराटनगरबाट तुम्लिङटारमा १०५ रुपैयाँ बढी लाग्ने छ। भरतपुर-भैरहवा रुटमा १३५ रुपैयाँ इन्धन चार्ज बढेको संघले जनाएको छ।


प्रकाशित : बुधबार, कात्तिक १७ २०७८०८:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend