बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

जब धनगढी उडेको श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौं नै फर्कियो...

मंगलबार, जेठ २३ २०८०
जब धनगढी उडेको श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौं नै फर्कियो...
फाइल तस्बिर

जहाजमा ७२ जना यात्रु सवार थिए। यात्रुलाई वैकल्पिक व्यवस्था गरेर गन्तव्यमा पुर्‍याइसकिएको छ।

काठमाडौं- काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौं फर्किएको छ।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ-धनगढी उडानको ड्यास आठ ९-८० जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको संकेत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौं फर्काएर सकुशल अवतरण गरिएको थियो। जहाजमा ७२ जना यात्रु सवार थिए।
 
'बिहान धनगढी उडेको जहाज, प्रेसराइजेनस (जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली) मा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुनः काठमाडौं फर्काइएको थियो, उक्त जहाजका यात्रुलाई बिहान १०ः३० बजे अर्कै जहाजको उडानबाट गन्तव्य लगिएको छ।'
 
काठमाडौं विमानस्थलबाट बिहान ८ः३० बजे धनगढीका लागि उडान भरेको जहाजमा प्रेसराइजेसन सिस्टमले काम नगरेपछि बिचबाटोबाटै फर्काइएको विमानस्थले जनाएको छ।
 
श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जहाजमा केही प्राविधिक मर्मतपछि सञ्चालनमा आइसकेको बताए। रासस


प्रकाशित : मंगलबार, जेठ २३ २०८००६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend