शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सेजमा रक्सी र चुरोट उद्योग प्रतिबन्ध

बुधबार, कात्तिक १७ २०७८
सेजमा रक्सी र चुरोट उद्योग प्रतिबन्ध

विशेष आर्थिक क्षेत्र प्राधिकरणको सिफारिसमा मात्रै सेजमा उत्पादित वस्तु स्वदेशी बजारमा बिक्री गर्न पाइने व्यवस्था गरिएको छ।

काठमाडौं- सरकारले विशेष आर्थिक क्षेत्र (सेज)मा रक्सी र चुरोट उत्पादन गर्ने उद्योग स्थापनामा प्रतिबन्ध लगाएको छ।

सेज नियमावलीमा संशोधन गर्दै सरकारले चुरोट, बिँडी, खैनी, सिगार र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग एवं ब्राण्डी, साइडर, वाइन, बियर तथा मदिरा उत्पादन गर्ने उद्योगलाई सेजमा स्थापना गर्न नसकिने उद्योगको सूचीमा राखेको हो। 

यसैगरी उद्योगमा लगानी गर्नुपर्ने स्थिर पुँजीको अनुपातमा पनि परिमार्जन गरिएको छ। पहिले विशेष आर्थिक क्षेत्रमा स्थापना हुन चाहने उद्योगले कम्तिमा २ करोड रूपैयाँ स्थिर पुँजी लगानी गर्नुपर्ने उल्लेख थियो। 

यसलाई परिमार्जन गर्दै स्वदेशी उद्योगको हकमा २ करोड रूपैयाँ र विदेशी लगानीकर्ताको हकमा विदेशी लगानीसम्बन्धी कानूनअनुसार हुने व्यवस्था गरिएको छ। 

यसैगरी विशेष आर्थिक क्षेत्र प्राधिकरणको सिफारिसमा मात्रै सेजमा उत्पादित वस्तु स्वदेशी बजारमा बिक्री गर्न पाइने व्यवस्था गरिएको छ।


प्रकाशित : बुधबार, कात्तिक १७ २०७८०८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend