बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

जहाजको ढोकासम्म पुगेका यात्रुलाई फर्काउने कर्मचारीमाथिको कारबाही फिर्ता लिन संघको माग

आइतबार, जेठ २१ २०८०
जहाजको ढोकासम्म पुगेका यात्रुलाई फर्काउने कर्मचारीमाथिको कारबाही फिर्ता लिन संघको माग

नेपाल वायुसेवा निगम कर्मचारी संघले यस विषयमा निष्पक्ष छानबिनको माग समेत गरेको छ।

काठमाडौं- नेपाल वायुसेवा निगम कर्मचारी संघले निगमको जहाजको ढोकामा पुगेका यात्रुलाई घर फर्काउने निगमका कर्मचारीलाई रातारात सरुवा गरिएको भन्दै आपत्ति जनाएको छ। 

गएको बिहीबार निगमका कर्मचारी गगनबहादुर चन्दलाई यात्रुलाई जहाजको ढोकासम्म पुगेका यात्रुलाई फर्काइएको भन्दै कारबाही गरिएको थियो। उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा ताप्लेजुङ सरुवा गरिएपछि संघले यसको भत्र्सना गरेको हो। 

उक्त दिन काठमाडौं-ताप्लेजुङ उडान भर्ने जहाज ९एन-एबीटी फ्लाइट नम्बर १२९ का कमान्डिङ क्याप्टेनले मौसम खराबीका कारण थप फ्युल २००एलबीएस थप्नुपर्ने भएकाले जहाजमा लोड पेनाल्टी लाग्ने तथा जहाजकाे भारवहान बढ्न गइ जहाज आकाशमा असन्तुलित नहोस् भनेर यात्रु र जहाजको सुरक्षालाई मध्येनजर गरी ती यात्रुलाई ओराल्नुपर्ने अवस्था आएको देखिएको संघले जनाएको छ। 

'यस्तो अवस्था उड्डयन जगतमा दिनहुँ जस्ता भइरहेको हुन्छ। जहाजलाई थप सुरक्षित बनाउन लोड पेनाल्टी लाग्ने अवस्था भएमा मौकामा उडान भर्न राखिएका यात्रु नै ओराल्ने नियम रहेको छ। यसै विषयमा समग्र उडडयन क्षेत्रको जिम्मेवारी सम्हालेका मन्त्रीलाई यसबारे जानकारी नहुनु र बुझ्न समेत नखोज्नु त्रुटिपूर्ण देखिन्छ', संघको विज्ञप्तिमा उल्लेख छ। 

मर्यादित पदको दुरुपयोग गरेर एउटा राष्ट्र सेवक ईमान्दार कर्मचारीलाई कारबाही गरेको भनि आफ्नै सामाजिक सञ्जालमा अतिरञ्जित तवरले सूचना सम्प्रेषण गर्नु मर्यादित पदको दुरुपयोग हो भन्ने कर्मचारी संघको ठहर छ। कर्मचारी चन्दमाथिको कारबाही तत्काल फिर्ता गर्न पनि संघले माग गरेको छ। 

साथै सस्तो लोकप्रियताका लागि बदनियत तवरले सम्प्रेषण गरिएको सूचना तत्काल मेटाउन र सोही सामाजिक सञ्जालबाटै माफी समेत माग्न र यस घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ। माग पूरा नभएमा कर्मचारी संघ थप आन्दोलन तथा संघर्षका कार्यक्रमहरु अगाडी बढाउन बाध्य हुने चेतावनी समेत दिइएको छ। 

nepal airliness-karmachari sangh.jpg

nepal airliness-karmachari sangh-.jpeg


प्रकाशित : आइतबार, जेठ २१ २०८०१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend