शुक्रबार, चैत १ गते २०८१    
शुक्रबार, चैत १ २०८१
images
images

नारायणीमा क्रुजसिप सञ्चालनपछि बढे पर्यटक

images
आइतबार, जेठ २१ २०८०
images
images
नारायणीमा क्रुजसिप सञ्चालनपछि बढे पर्यटक

तीन तलाको क्रुजमा एकैपटकमा दुई सय यात्रु चढ्न मिल्ने क्षमता छ। क्रुजसिपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायत गतिविधि गर्न सकिन्छ। 

images
images

नवलपुर- मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसिपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै यस क्षेत्रमा पर्यटक आगमन वृद्धि भएको छ। क्रुजसिपका कारण नवलपुर र चितवनमा आउने पर्यटकको संख्यामा वृद्धि भएको होटल व्यवसायी बताउँछन्। 

images
images

गैँडाकोटको एलो हाउस रिसोर्टका सञ्चालक चीरञ्जीवी सिग्देल आफ्नो रिसोर्टमा आउने पर्यटकले क्रुजसिप चढ्न जाने गरेको बताउँछन्। 'नारायणी नदीमा क्रुजसिप सञ्चालनमा आएपछि गैँडाकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ', उनी भन्छन्, 'केही पर्यटक घुम्न आएका बेला क्रुजसिप जाने गरेका छन् भने केही भने क्रुजसिप चढ्नकै लागि मात्र आउने गरेका छन्।'

images
images

क्रुजसिप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्याल दैनिक तीन चरणमा क्रुजसिप सञ्चालन भइरहेको बताउँछन्। 'नियमित सेडुलमा पब्लिकका लागि दैनिक तीन सिफ्ट क्रुज सञ्चालनमा छ', उनी भन्छन्, 'दश जनाभन्दा बढीको समूहमा आउनेहरुका लागि उहाँहरुकै समयमा प्राइभेट क्रुज पनि सञ्चालन भइरहेको छ।'

images
images

अहिले दिउँसो १, ३ र ५ बजे पब्लिक क्रुज सञ्चालनमा छ। आजदेखि ‘इभिनिङ क्रुज’ (सन्ध्याकालीन क्रुज) पनि सञ्चालन हुने व्यवस्थापक विक्रम बताउँछन्। 'पछिल्लो समय बढ्दै गएको गर्मीका कारण आजदेखि इभिनिङ क्रुज सञ्चालन गर्ने तयारी गरेका छौँ', उनी उल्लेख गर्छन्, 'बेलुका ६-७ बजेको समयमा सञ्चालन हुने इभिनिङ क्रुजमा सूर्यास्तको मनमोहक दृश्यावलोकन पनि गर्न सकिन्छ।' कम्पनीले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै केही दिनभित्रै क्रुजसिपका आकर्षण प्याकेज घोषणा गर्ने तयारी गरिरहेको छ।

'देशका विभिन्न स्थानबाट व्यक्तिगत तथा सामूहिकरुपमा क्रुजसिप चढ्न यात्रुहरु आउने गरेका छन्', व्यवस्थापक विक्रम बस्याल भन्छन्, 'सहकारी, बीमा कम्पनी र विभिन्न संघसंस्थाबाट क्रुज चढ्नकै लागि आउने गरेको हामीलाई जानकारी गराउँछन्।'

प्रतिव्यक्ति ७ सयको टिकट काटेपछि नारायणी नदीमा एक घण्टासम्म क्रुजसिपमा रमाउन पाइने उनले बताए। उनका अनुसार पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि ५ सयको टिकटको व्यवस्था गरिएको छ। टिकट काटेर क्रुजमा सवार गर्ने सबै यात्रुलाई ‘वेलकम ड्रिङ्क्स’ दिएर स्वागत गर्ने गरिएको र उनीहरूको १० लाख रूपैयाँ बराबरको बीमा गरिएको छ। साथै कुनै भवितव्य आइपरेमा लाइफ गार्डकोसमेत व्यवस्था गरिएको छ।

क्रुजसिपभित्रै रेष्टुराँ सञ्चालनमा छ। बजारका होटल तथा रेष्टुराँकै मूल्यमा क्रुजसिप रेष्टुराँमा खाजा तथा खानालगायत पेयपदार्थ उपलब्ध गराइने व्यवस्थापक बस्याल बताउँछन्। क्रुजसिपभित्र रेष्टुराँसहित सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक तथा गोष्ठीका लागि कक्ष  सेल्फी प्वाइन्ट तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिटहरु राखिएका छन्।

तीन तलाको क्रुजमा एकैपटकमा दुई सय यात्रु चढ्न मिल्ने क्षमता छ। क्रुजसिपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायत गतिविधि गर्न सकिन्छ। 

नवलपुरको मध्यविन्दु नगरपालिकाबाट क्रुजसिपको यात्रा गर्न आएकी आरती शर्मा पहिलो पटक क्रुजसिप चढ्न पाउँदा निकै उत्साहित भएको बताउँछिन्। 'यो नेपालकै नौलो प्रयोग हो, क्रुजको यात्रा रमाइलो हुन्छ भन्ने सुनेको थिएँ, आज आफैले अनुभव गर्न पाएँ', उनी भन्छिन्, 'अहिले छोटो दुरीमा यात्रा गराइने रैछ, यात्रा गर्ने दुरी अलि बढाउँदा रमाइलोसँगै नारायणी किनारको दृश्यावलोकन पनि गर्न पाइन्थ्यो।' छोटो समयका लागि घुम्ने ठाउँको रुपमा क्रुजसिपको यात्रा उपयुक्त स्थान भएको शर्माको भनाइ छ। रासस


प्रकाशित : आइतबार, जेठ २१ २०८००७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend