सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरू

images
images
images
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरू

आज जाहेरीकर्ताका तर्फबाट सरकारी वकिलले बहस सुरु गरेका छन्।

images
images

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ। 

images
images
images

हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रबार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। उनका अनुसार आज जाहेरीकर्ताका तर्फबाट सरकारी वकिलले बहस सुरु गरेका छन्।

images

इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताका तर्फबाट बहसका लागि सरकारी वकिललाई तीन दिनको समय दिएका छन्। यस्तै प्रतिवादीको तर्फका वकिललाई ६ दिनको समय दिइएको सूचना अधिकारी दाहालले जानकारी दिए।

images

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग अदालतका न्यायाधीश न्यौपानेलगायतले बयान लिएका थिए।

images
images

जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार मुद्दा लगाउँदै २७ करोड ५० लाख रूपैयाँ बिगो माग दाबी गरेर जिल्ला अदालतमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो। रासस

images

प्रकाशित : आइतबार, जेठ २१ २०८००७:१२

प्रतिक्रिया दिनुहोस