शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

वायुसेवा निगमको व्यापार ८ महिनामा सवा १० अर्बमात्रै, इतिहासमै सबैभन्दा बढी घाटा ब्यहोर्दै

images
आइतबार, वैशाख २ २०८१
images
वायुसेवा निगमको व्यापार ८ महिनामा सवा १० अर्बमात्रै, इतिहासमै सबैभन्दा बढी घाटा ब्यहोर्दै

निगम स्रोतका अनुसार गत आवमा निगमले ३ अर्बको हाराहारीमा नोक्सानी ब्यहोरेको थियो। यसअघि निगमले आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी नोक्सानी ब्यहोरेको थियो।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार घट्दो छ। निगमले सार्वजनिक गरेको रिपोर्टअनुसार एउटा न्यारोबडी जहाज ग्राउन्डेड हुँदा मासिक ४५ करोड रुपैयाँसम्म आम्दानी गुमेको छ।

images
images
images

चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि फागुन मसान्तसम्ममा निगमले जम्मा सवा १० अर्ब रुपैयाँ आम्दानी गरेको छ। जुन अति नै न्यून हो।

images
images

यो बीचमा निगमको ४ वटा जहाजमध्ये ४ वटै जहाज एकसाथ जम्मा ५० दिनको हाराहारीमा मात्रै उडेको छ। निगमसँग दुईवटा न्यारोबडी जहाज भएपनि चालु आवको असोज तेस्रो साताबाट मंसिरको २४ गतेसम्ममात्र निगमको दुईवटै न्यारोबडी जहाज उडानमा रहेको थियो। अन्य समयमा भने निगमको एउटा न्यारोबडी जहाज ग्राउन्डेड छ। जसको असर आम्दानीमा परेको छ। 

images
images

निगम स्रोतमा अनुसार खर्च भने विगतका वर्षहरूमा भन्दा बढी छ। तर आम्दानी घट्दो छ। निगमको आम्दानी न्यारोबडी जहाज ग्राउन्डेड हुँदा घटेको निगम प्रवक्ता रमेश पौडेल बताउँछन्। आम्दानी घटेपनि खर्च रकममा भने समस्या नरहेको उनको तर्क छ। 

अहिलेसम्मको आम्दानीलाई हेर्दा यो पटक निगम इतिहासमै सबैभन्दा बढी नोक्सानीमा जाने छ। तर निगमले गत आर्थिक वर्ष २०७९/०८० मा कति घाटामा गएको हो तथ्यांक भने सार्वजनिक गरेको छैन। गत आवको साउनदेखि बैशाखको १० महिनाकै अवधिमा निगमले २ अर्ब १६ करोड नोक्सानी ब्यहोरेको थियो। 

निगम स्रोतका अनुसार गत आवमा निगमले ३ अर्बको हाराहारीमा नोक्सानी ब्यहोरेको थियो। यसअघि निगमले आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी नोक्सानी ब्यहोरेको थियो। उक्त वर्ष निगमले ४ अर्ब ४० करोड रुपैयाँ नोक्सानी ब्यहोरेको थियो। उक्त वर्ष बढी नोक्सानी हुनको प्रमुख कारण कोराना महामाहरी थियो।

चालु आवमा ८ महिनाको व्यापार हेर्दा निगमले अब बाँकी ४ महिनामा ५ देखि ६ अर्ब आम्दानी गर्ने छ। ६ अर्ब आम्दानी गरेको अवस्थामा निगमले सवा १६ अर्ब आम्दानी पुर्‍याउने छ। तर गत आवको १० महिनामै निगमले १६ अर्ब ९६ करोडको आम्दानी गर्दा पनि खर्च २ अर्ब १६ करोडले बढी थियो, यही हिसाबमा निगमले चालु आवमा ५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी ब्यहोर्ने अवस्था देखिएको छ। 

कुन महिना कति आम्दानी? 

चालु आवको ८ महिनामा सबैभन्दा बढी आम्दानी भएको महिना कात्तिक हो। कात्तिकमा निगममा अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने ४ वटै जहाज (२ वटा वाइडबडी र २ वटा न्यारोबडी) उडानमा थिए। उक्त महिना निगमले १ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको थियो। तर अन्य कुनै पनि महिना निगमको ४ वटै जहाज एकसाथ उडानमा छैन। निगमको न्यारोबडी एउटा जहाज निरन्तर रुपमा ग्राउन्डेड छ। 

असोज २० गतेबाट मंसिरको १४ गतेसम्म  निगमका ४ वटै जहाज उडानमा थियो। सोही कारण चालु आवको कात्तिकमा निगमले सबैभन्दा बढी १ अर्ब ६५ करोड ७७ लाखको आम्दानी गरेको थियो। मंसिरको १४ दिन पनि ४ वटै जहाज उडानमा थियो। जसकारण मंसिरमा कात्तिकको तुलनामा १५ करोडमात्रै कम आम्दानी गरेको थियो। मंसिरमा भने १ अर्ब ५० करोड रुपैयाँको आम्दानी भएको थियो। 

यसैगरी असोजमा पनि २० दिन निगमका ४ वटै जहाज उडानमा थिए। जसका कारण निगमको आम्दानी कात्तिकको तुलनामा १९ करोड रुपैयाँले मात्रै घटेको थियो। मंसिर १४ गतेदेखि निगमको एउटा न्यारोबडी जहाज ग्राउन्डेड छ। जहाज ग्राउन्डेड भएसँगै निगमले माघमा ५१ करोड र फागुनमा ४८ करोड रुपैयाँ आम्दानी गुमाएको छ।

amadhani.png

निगमले चैतमा झन बढी आम्दानी गुमाउने छ। चैत पर्यटकीय सिजन हो। पर्यटकीय सिजनमै निगमको एउटा न्यारोबडी जहाज ग्राउन्डेड छ। पुस र माघको तुलनामा थोरै आम्दानी बढनुको कारण पर्यटकीय सिजन सुरु भएसँगै टिकटको मूल्य केही बढ्नु हो। माथिको विवरणलाई हेर्दा निगमको एउटै न्यारोबडी जहाजको मासिक आम्दानी ३० करोडदेखि ४५ करोड रुपैयाँसम्म देखिएको छ। टिकटको मूल्य र अकुपेन्सी दरमा निगमको आम्दानी केही तलमाथि भइरहेको छ।  

चालु आको साउन १ गतेदेखि नै निगमको नाइन एकेएक्स जहाज ग्राउन्डेड छ। जुलाई ३० मा ग्राउन्डेड जहाज भाडाको इन्जिन हालेर अक्टोबरको पहिलो साता उडानमा आएको थियो। तर त्यही जहाज मंसिर १४ गतेदेखि उडानमा छैन। तर जहाजमा रहेको भाडाको इन्जिनवापत भने २ हजार डलर खर्च भइरहेको छ। तर निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी कमिसनको पछि मात्रै कुदिरहेका छन्।

पछिल्लो ५ वर्षको नाफा/घाटा

loss.png


प्रकाशित : आइतबार, वैशाख २ २०८११३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend