शुक्रबार, असोज ४ गते २०८१    
images
images

तोलामा १७ सय रूपैयाँले घट्यो सुनको मूल्य

images
आइतबार, जेठ २१ २०८०
images
images
तोलामा १७ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य एक लाख ११ हजार ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- केही दिनयता निरन्तर उकालो लागेको सुनको मूल्यमा आइतबार गिरावट आएको छ।

images
images
images

शुक्रबार प्रतितोला ८ सय रूपैयाँले बढेर रेकर्ड ब्रेक गरेको सुनको मूल्य यो साताको पहिलो दिन १७ सय रूपैयाँले घटेको छ। 

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ७ सय ५० रूपैयाँ कायम थियो। 

चाँदीको मूल्य पनि आज घटेको छ। शुक्रबार प्रतितोला एक हजार चार सय ३५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार २० रूपैयाँले घटेर प्रतितोला एक हजार चार सय १५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ। 

images


प्रकाशित : आइतबार, जेठ २१ २०८००५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend