शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एक घण्टामै नबिल बैंकको ६४ करोड ६० लाख रुपैयाँको सेयर कारोबार, झुम्मिए लगानीकर्ता

बुधबार, कात्तिक १७ २०७८
एक घण्टामै नबिल बैंकको ६४ करोड ६० लाख रुपैयाँको सेयर कारोबार, झुम्मिए लगानीकर्ता

नबिल बैंकले आर्कषक लाभांश घोषणा गरेपछि पहिलो दिनको कारोबारमा लगानीकर्ता सेयर किन्न तछाडमछाड गरेका छन्।

काठमाडौ- नबिल बैंकले आकर्षक लाभांश घोषणा गरेपछि पहिलो दिनको कारोबारमा लगानीकर्ताहरू सेयर किन्न तछाडमछाड गरिरहेका छन्।

नेप्से कारोबार खुलेको एक घण्टामा ६४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। अंक ४.१० प्रतिशतले बढेर १२ बजेसम्म प्रतिकित्ता १६७४ रुपैयाँमा कारोबार भइरहेको छ।

३ लाख ८३ हजार ९ सय ३७ कित्ता कारोबार भएको छ। नबिलले सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने हुँदा आकर्षण बढीरहेको हो। बैंकको सञ्चालक समितिको बैठकले ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो। नबिल बैंकको १२ बजेसम्म २ लाख ३ हजार कित्ता खरिदमा लगानीकर्ता देखिदाँ बिक्रीमा १ लाख २३ हजार कित्ता रहेको छ। 


प्रकाशित : बुधबार, कात्तिक १७ २०७८०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend