शुक्रबार, असोज ४ गते २०८१    
images
images

मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो, कुनको कति?

images
शनिबार, जेठ २० २०८०
images
images
मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो, कुनको कति?

पान मसला, खैनी, जर्दा, नश, चुरोट बाहेकका सूर्तीजन्य वस्तु उत्पादन गर्ने प्रतिष्ठानका लागि एक लाख २० हजार रूपैयाँ लाग्दै आएकामा अब रूपैयाँ दुई लाख लाग्नेछ।

images
images

काठमाडौं- सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सूर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ।

images
images
images

आर्थिक विधेयकमार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार स्प्रिट, बियर, इथानोल र अन्य मरिदा उत्पादन गर्ने प्रतिष्ठानको लाइसेन्स र नवीकरण दस्तुर ५५ हजार रूपैयाँले बढेको हो। यसअघि यस्तो शुल्क एक लाख ९५ हजार रूपैयाँ बराबर रहेकामा त्यसलाई बढाएर दुई लाख ५० हजार रूपैयाँ पुर्‍याइएको छ।

वाइन, ब्रान्डीजस्ता फलफूलमा आधारित मदिरा बनाउने प्रतिष्ठानको लाइसेन्स र नवीकरण शुल्क चार हजारले बढाएर एक लाख रूपैयाँ पुर्‍याइएको छ। चुरोट उत्पादन गर्ने प्रतिष्ठानलाई दुई लाख ४० हजार इजाजत तथा नवीकरण दस्तुर लाग्दै आएकामा त्यस्तो शुल्क तीन लाख रूपैयाँ पुगेको छ।

मदिरा बिक्रीवितरणका लागि होटल, रेस्टुराँ, रिसोर्ट, बारले लिने इजाजत तथा नवीकरण दस्तुर पनि बढेको छ। यस्तो शुल्क यसअघि पाँच तारे होटललाई ६० हजार रहेकामा ७५ हजार, चारतारे होटललाई ४८ हजार रहेकोमा ६० हजार र तीन तारे होटललाई ३६ हजार रहेकामा ४५ हजार रूपैयाँ बनाइएको छ। दुई तारेलाई २४ हजार रहेकामा ३० हजार र एक तारेलाई १२ हजार रहेकामा १५ हजार रूपैयाँ पुर्‍याइएको छ।

images

स्वदेशी तथा विदेशी मदिरा बेच्ने पर्यटकस्तरको रेस्टुरेन्ट, रिसोर्ट तथा पार्टी प्यालेसले इजाजत तथा नवीकरणका लागि आठ हजार पाँच सय रूपैयाँ तिर्दै आएका थिए। अहिले त्यो बढेर ११ हजार रूपैयाँ पुगेको छ। साधारण होटल, रेस्टुरेन्ट, बार तथा लजका लागि चार हजार पाँच सय रूपैयाँ बराबर शुल्क रहेकामा छ हजार रूपैयाँ पुर्‍याइएको छ।

मदिरा वितरकलाई यस्तो शुल्क ३६ हजार बराबर रहेकामा बढेर ४५ हजार रूपैयाँ पुगेको छ। त्यस्तै मदिराको थोक बिक्रेतालाई २४ हजार दस्तुर लाग्ने गरेकामा ३० हजार रूपैयाँ पुर्‍याइएको छ।

मदिरा बिक्री गर्ने खुद्रा बिक्रेताको इजाजत लिन तथा त्यस्तो इजाजत नवीकरण गर्दा लाग्ने शुल्क पनि बढेको छ। यस्तो इजाजत तथा नवीकरणका लागि १२ हजार शुल्क लाग्ने गरेकामा अब १५ हजार रूपैयाँ शुल्क लाग्नेछ। त्यस्तै, डिपार्टमेन्टल स्टोरले २४ हजार शुल्क तिर्दै आएकामा ३० हजार रूपैयाँ तिर्नुपर्नेछ। विदेशी मदिरा तथा स्प्रिट आयातकर्ताको अनुमति लिन तथा त्यस्तो अनुमतिपत्रको नवीकरणका लागि ४८ हजार शुल्क लाग्दै आएकोमा ६० हजार रूपैयाँ पुगेको छ।

विदेशी चुरोट तथा सिगार, सूर्तीजन्य पदार्थ आयातकर्तालाई ४८ हजार रूपैयाँ बराबर शुल्क लाग्दै आएको थियो। त्यसलाई बढाएर ६० हजार रूपैयाँ तोकिएको छ। त्यस्तै, पान मसला, चुरोट, खैनी, जर्दा, नश, तथा सुर्तीजन्य वस्तुका थोक बिक्रेताको लाइसेन्स तथा नवीकरणका लागि सात हजार दुई सय रूपैयाँ लाग्दै आएकामा अब १२ हजार रूपैयाँशुल्क लाग्नेछ। यस्ता वस्तुको खुद्रा बिक्रेताका लागि दुई हजार शुल्क लाग्दै आएकामा अब तीन हजार रूपैयाँ लाग्नेछ।

पान मसला, खैनी, जर्दा, नश, चुरोट बाहेकका सूर्तीजन्य वस्तु उत्पादन गर्ने प्रतिष्ठानका लागि एक लाख २० हजार रूपैयाँ लाग्दै आएकामा अब रूपैयाँ दुई लाख लाग्नेछ। रासस


प्रकाशित : शनिबार, जेठ २० २०८०१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend