शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

माथिल्लो तामाकोसी : आन्दोलनका कार्यक्रम फिर्ता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १७ २०७८
माथिल्लो तामाकोसी : आन्दोलनका कार्यक्रम फिर्ता

आयोजनामा हाल १ सय १४ अस्थायी र करारका कर्माचारी रहेको जनाइएको छ।

चरिकोट- माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम  फिर्ता लिएका छन्।

अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्नेलगायतका तीन बुँदे माग राख्दै कर्मचारीले यही कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए। आयोजनामा हाल १ सय १४ अस्थायी र करारका कर्माचारी रहेको जनाइएको छ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठले कर्मचारीका मागलाई वार्ता र संवादबाट सम्बोधन  गर्न मौखिक सहमति भइसकेको बताए।  लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको माथिल्लो सो आयोजना केही महिनाअघिदेखि मात्र पूर्ण क्षमतामा उत्पादन हुँदै आएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १७ २०७८०६:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend