शुक्रबार, असोज १२ गते २०८०    

नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापारको ढोका खुल्यो, २५ वर्षे व्यापारका लागि प्रारम्भिक सम्झौता

बंगलादेश बिजुली निर्यात गर्न दिनसमेत भारत तयार

images
नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापारको ढोका खुल्यो, २५ वर्षे व्यापारका लागि प्रारम्भिक सम्झौता

दुई देशका ऊर्जासचिवस्तरमा दीर्घकालीन विद्युत व्यापार (लङटर्म पीपीए)का लागि प्रारम्भिक सम्झौता भएको हो।

images

काठमाडौं- नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापारका लागि सम्झौतामा भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालको बिजुलीको सहज व्यापारका लागि बाटो खुलेको हो।

images

यसअघि अल्पकालीन व्यापारमार्फत दैनिक ४५२ मेगावाट बिजुलीमात्रै खरिद गर्दै आएको भारतले अब नेपालको आवश्यकता अनुसार निर्यात कोटा थप्दै लैजाने छ। दुई देशका ऊर्जासचिवस्तरमा दीर्घकालीन विद्युत व्यापार (लङटर्म पीपीए)का लागि प्रारम्भिक सम्झौता भएको हो। पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालबाट १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली आयात गर्ने घोषणा गरेका छन्। 

images

नेपालका ऊर्जासचिव दिनेशकुमार घिमिरे र उनका भारतीय समकक्षी श्रीआलोक कुमारले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन्। विस्तृता सम्झौता भने हुन बाँकी रहेको छ। प्रारम्भिक सम्झौताअनुसार २५ वर्षका लागि दीर्घकालीन विद्युत व्यापारको बाटो खुलेको हो। 

images

भारतमा व्यापार मात्रै नभएर भारतको प्रसारणलाइन प्रयोग गरेर बंगालदेश बिजुली निर्यात गर्न दिनसमेत भारत तयार भएको छ। जसका लागि पहिलो चरणमा बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली लैजाँदै छ। 

images

सन् २०१४ मा नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) भएको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्रमा दुई देशका अधिकारीहरुले हस्ताक्षर गरेका थिए।

सम्झौताले ऊर्जा उद्यमीलाई पनि राहत मिलेको छ। नेपालबाट भारतले आगामी १० वर्षमा १० हजार  मेगावाट बराबरको बिजुली खरिद गर्ने भएको छ। दीर्घकालीन बिजुली व्यापारसम्बन्धी सहमतिले नेपालको ऊर्जा व्यापारमा भारतीय लगानी विस्तार हुने विश्वास लिइएको छ।

केही रणनीतिक महत्वका आयोजना अगाडि बढेको खण्डमा व्यापार घाटा कम गर्न, रोजगारीको अभिवृद्धि गर्न तथा विदेशी मुद्रा आर्जनमासमेत सहयोग पुग्ने विश्वास गरिएको छ। यसअघि नेपाल विद्युत् प्राधिकरणले वर्षाको समयमा प्रत्येक १५ मिनेटमा प्रतिस्पर्धा गरी खुला बजारमा विद्युत् निर्यात गर्दै आएको थियो। त्यसलाई आइएक्स मार्केटका रुपमा लिइन्छ। मध्यकालीन सम्झौताले व्यवसायीलाई ठूलो राहत पुग्नेछ।

दीर्घकालीन सम्झौताले नेपालको ऊर्जा बजारको खोजी तथा निजी उद्यमी व्यवसायीलाई पनि थप सहज बनाइदिएको छ। नेपालको हाल उत्पादन २८ सय मेगावाट पुगिसकेको छ।

नेपालको पिक आवरमा १७ सय मेगावाट मात्रै खपत हुने गरेको छ। अहिलेकै अवस्थामा नेपाल दैनिक १२ सय मेगावाट बिजुली बिक्री गर्ने अवस्थामा रहेको छ। यो सम्झौताले बिजुली निर्यातमा नयाँ ढोका खुलेको छ। 

images

प्रकाशित : बिहीबार , जेठ १८ २०८००४:५४

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ