शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

माथिल्लो तामाकोशीको बिजुली खरिद नगरेको भन्दै नेपाल पक्षले भारतसँग राख्यो असहमति

images
बिहीबार , जेठ १८ २०८०
images
माथिल्लो तामाकोशीको बिजुली खरिद नगरेको भन्दै नेपाल पक्षले भारतसँग राख्यो असहमति

भारतका प्रतिनिधिहरूले भने यो विषय नोट गरेको र आफूहरू सकारात्मक रहेको जवाफ दिएका छन्। 

images
images

काठमाडौं- माथिल्लो तामाकोशी आयोजनाको विद्युत खरिद नगरेकोमा नेपालले भारतसँग गम्भीर आपत्ति जनाएको छ। ४ सय ५६ मेगावाट माथिल्लो तामाकोशीमा चिनियाँ लगानी रहेको भन्दै भारतले विद्युत खरिदमा आनाकानी गर्दै आइरहेको छ। 

images
images
images

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसहित ऊर्जासम्बद्ध प्रतिनिधिहरूसमेत भारत भ्रमणमा सहभागी छन्। भारतीय पक्षसँग वार्ताको क्रममा नेपालले तामाकोशीमा नेपालको नै लगानी रहेको र ठेकेदारमात्रै चिनियाँ रहेको बताएका थिए। यस्तो अवस्थामा पनि चिनियाँ पक्षलाई जोडेर  आयोजनाको बिजुली खरिद नगरेकोमा नेपाली पक्षले आपत्ति जनाएका हुन्।

images
images

भारतका प्रतिनिधिहरूले भने यो विषय नोट गरेको र आफूहरू सकारात्मक रहेको जवाफ दिएका छन्। 

images
images


प्रकाशित : बिहीबार , जेठ १८ २०८०१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend