शुक्रबार, असोज १२ गते २०८०    

हवाईजहाज र पार्टपुर्जामा भ्याट लाग्ने

images
हवाईजहाज र पार्टपुर्जामा भ्याट लाग्ने
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संघीय संसदमा पेस गरिसेको छ। बजेटसँगै सरकारले आर्थिक ऐन २०८० समेत जारी गरिसकेको छ।

images

आर्थिक ऐन मार्फत हवाईजहाज तथा हवाईजहाजका पार्टपुर्जा आयातमा दिँदै आएकव भ्याट छुट हटाएको छ। यस अघि १ प्रतिशत भन्सार हवाईजहाज तथा तिनीहरुको पार्टपुर्जामा १ प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था थियो।

images

तर तोकिएको भन्सार १० प्रतिशत भएपनि सरकारले १ प्रतिशतमा ल्याउन दिने गरी छुट गरेको थियो। उक्त व्यवस्थालाई यथावत राखेर भ्याट छुट भने हटाएको हो। अब हवाई जहाज तथा पार्टपुर्जाको आयातमा १३ प्रतिशत भ्याट लागु हुने छ। 

images

नयाँ व्यवस्था अनुसार शीर्षक ८८.०६ को मानवरहित हवाईजहाज बाहेकको अन्य हवाईजहाज (एयरक्राफ्ट) (उदाहरणको लागि हेलिकोप्टरहरु, हवाइजहाज, अन्तरिक्षयान (स्पेसक्राफ्ट) (उपग्रह) (स्याटेलाइट) समेत र ग्रहानुपथ (सवोर्विटल ) र (स्पेसक्याफ्ट) प्रक्षेपण वाहनहरू (लाउञ्च
अन्तरिक्षयान भेहिकल्स) र हेलिकोप्टरहरुमा भ्याट लगाइएको हो।

images

भ्याट लाग्ने बस्तुहरु

-सामान नहाल्दाको (हेलिकोप्टरको मात्र) तौल २,००० के जी ननाघेको।

-सामान नहाल्दाको (हेलिकोप्टरको मात्र) तौल २,००० के जी नाघेको।

- हवाइजहाज र अन्य वायुयान सामान नहाल्दाको तौल २,००० केजी ननाघेका।

- हवाइजहाज र अन्य वायुयान सामान नहाल्दाको तौल २,००० केजी नाघेको तर १५,००० के.जी. ननाघेको।

- हवाइजहाज र अन्य वायुयान, सामान नहाल्दाको तौल १५.००० केजी नाघेको।

-हवाइजहाज उडाउने गियर डेक एरेस्टर वा यस्तै गियर उडान अभ्यास सम्बन्धी सामान (ग्राउण्ड फ्लाइङ्ग ट्रेनर); माथि उल्लिखित सामानहरूका पार्टपुर्जाहरु।

- हवाइजहाज उडाउने गियर र तिनका पार्टपुर्जाहरू; डेक एरेष्टर वा त्यस्तै गियर र तिनका पार्टपुर्जाहरू।

images

प्रकाशित : बुधबार, जेठ १७ २०८००९:१०

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ