शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सरकारले दिएको छुट अफरमा १३ लाखले गरे कम्पनी विवरण अद्यावधिक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १६ २०७८
सरकारले दिएको छुट अफरमा  १३ लाखले गरे कम्पनी विवरण अद्यावधिक

पछिल्ला केही दिनयता कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योगको विवरण अद्यावधिक गर्नेको भिड लाग्ने गरेको छ ।

काठमाडौं- करिव १३ लाख बढी उद्योगले छुटमा विवरण अद्यावधिक गरेका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई नवीकरणमा छुट दिएसँगै नवीकरण गर्नेका सङ्ख्यामा वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २०७८ पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न सकिने व्यवस्था गरेसँगै ती कम्पनीले छुटमा नवीकरण गरेको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

सरकारले कम्पनी ऐन, २०६३ तथा प्राइभेट रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले  २०७८ साल पुस मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिएको थियो ।

कार्यालयका रजिष्ट्रार प्रदीपराज अधिकारीका अनुसार विसं २०२० मा दर्ता भएका कम्पनीसमेत छुटमा नवीकरण गर्न आएका छन् । बजेटमा नै कम्पनी नवीकरणमा छुट दिएपछि उल्लेख्य मात्रामा कम्पनी नवीकरण गर्न आएको उनले जानकारी दिए। पछिल्लो समय नयाँ कम्पनी दर्ता तथा छुटमा नवीकरणका लागि दैनिक एक सय ५० सम्म निवेदन आउने गरेका छन् । पछिल्ला केही दिनयता कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योगको विवरण अद्यावधिक गर्नेको भिड लाग्ने गरेको छ ।

उनका अनुसार विभिन्न कारणले समयमा विवरण अद्यावधिक नगराएका छुट पाएसँगै अद्यावधिक गर्न हौसिएका छन् । कोभिडको महामारीका बाबजुद कार्यालय परिसरमा ठूलो भिड लाग्ने गरेको छ । धेरै पुराना कम्पनी, ठूलो जरिवाना रकम पाएर विवरण अद्यावधिक नगरेका कम्पनी छुट पाएसँगै विवरण अद्यावधिक गराउन थालेका छन् । रासस

 


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०७:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend