शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

असोज मसान्तभित्रमा राजस्वको भौचर विवरण र कोड परिवर्तन गर्न सकिने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १६ २०७८
असोज मसान्तभित्रमा राजस्वको भौचर विवरण र कोड परिवर्तन गर्न सकिने

मन्त्रिपरिषदको अघिल्लो साता बसेको बैठकले यो निर्णय गरेको थियो।

काठमाडौं –राजस्वको भौचर विवरण र कोड आर्थिक वर्ष सकिएको ३ महिनासम्म संशोधन गर्न सकिने भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा संशोधन गर्दै सरकारले एक महिना समय थप गरेको हो। 

नियमावलीमा भएको यसअघिको व्यवस्थाअनुसार भदौ मसान्तभित्र त्यस्तो विवरण संशोधन गर्नुपर्ने थियो। तर अहिले नियमावलीमा संशोधन गर्दै असोज मसान्तभित्रमा भौचरमा विवरण र कोड परिवर्तन गर्न सकिने व्यवस्था गरिएको हो। 

मन्त्रिपरिषदको अघिल्लो साता बसेको बैठकले यो निर्णय गरेको थियो।


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०७:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend