मंगलबार, वैशाख ११ गते २०८१    
images
images

प्रधानमन्त्रीको भारत भ्रमणमा तल्लो अरुणसम्बन्धी सम्झौता हुने

images
images
images
प्रधानमन्त्रीको भारत भ्रमणमा तल्लो अरुणसम्बन्धी सम्झौता हुने

प्रधानमन्त्रीको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले अरुणसम्बन्धी सम्झौता गर्ने निर्णय गरेको हो।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणमा तल्लो अरुणसम्बन्धी सम्झौता हुने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले अरुणसम्बन्धी सम्झौता गर्ने निर्णय गरेको हो।

images
images
images

बैठकले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाका लागि एसजेभीएन लोअर अरुण डेभ्लपमेन्ट कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको बोर्ड सदस्य भवानी राणाले जानकारी दिइन्। 

images

यसैगरी बोर्डले तमोर जलविद्युत आयोजनाको नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) सँगको साझेदारीमा तमोर जलविद्युत आयोजनाको काम गर्ने सम्झौता गरेको पावर चाइनालाई पत्र पठाउने निर्णय  समेत गरेको छ। कम्पनीलाई ३० दिनको समय दिएर पावर चाइनालाई पत्र लेख्ने निर्णय भएको हो।

images

images

प्रकाशित : आइतबार, जेठ १४ २०८००७:२५

प्रतिक्रिया दिनुहोस