काठमाडौं- मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। सोमबार ९१ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि २ सय रुपैयाँले बढेर ९२ हजार पुगेको हो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको हो। मंगलबारका लागि चाँदीको मूल्ल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।