बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

चरा ठोक्किएको आशंकामा बैंग्लोर नपुगी फर्किएको जहाजका यात्रुलाई अर्को जहाजमार्फत लगिने

शनिबार, जेठ १३ २०८०
चरा ठोक्किएको आशंकामा बैंग्लोर नपुगी फर्किएको जहाजका यात्रुलाई अर्को जहाजमार्फत लगिने

जहाजमा चरा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ।

काठमाडौं- चरा ठोक्किएको आशंकामा बैंग्लोर नपुगी फर्किएको जहाजका यात्रुलाई अर्को जहाजमार्फत लगिने भएको छ। 

शनिबार एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले १ बजेर ४५ मिनेटमा बैंग्लोरका लागि उडान भरेको थियो। उडान भरेकी तीन मिनेटमै जहाज काठमाडौं नै फर्किएको थियो।

सो जहाजका यात्रुलाई अहिले अर्काे जहाजमार्फत् ५:२० मा गन्तव्यमा पुर्‍याइने नेपाल एयरलाइन्सले जनाएको छ। 

जहाजमा चरा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ।

जहाज अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेको छ।


प्रकाशित : शनिबार, जेठ १३ २०८०१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend