शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

बैंकिङ सेवाप्रति असन्तुष्टी छ? अनलाइनबाटै गर्नुहोस् गुनासो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
बैंकिङ सेवाप्रति असन्तुष्टी छ? अनलाइनबाटै गर्नुहोस् गुनासो

अनलाइन माध्यमबाट दर्ता गर्न सकिने यस्तो गुनासो प्रक्रिया सहज पनि छ। 

काठमाडौं- बैंक तथा वित्तीय संस्थाबाट सेवा लिँदा काममा कुनै ढिलासुस्ती भएको छ? कुनै हुनुपर्ने काम नभएको जस्तो लागेको छ? यस्तो भएको अवस्थामा ग्राहकले सिधै नेपाल राष्ट्र बैंकमा गुनासो गर्न सक्ने भएका छन्। अनलाइन माध्यमबाट दर्ता गर्न सकिने यस्तो गुनासो प्रक्रिया सहज पनि छ। 

सेवाग्राहीलाई सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेवारी, लापरवाही, झुठो, गलत सूचना संप्रेषण, अपारदर्शी कारोबार जस्ता नकरात्मक व्यवहारलाई न्युनीकरण गर्नका लागि यस्तो प्रणाली ल्याइएको राष्ट्र बैंकले जानकारी दिएको छ। 

पैसा राख्ने, निकाल्ने तथा ऋण लिने क्रममा ग्राहकलाई असहयोग वा अन्या गरेमा ग्राहकले नेपाल राष्ट्र बैंकको वेबसाइटमा गएर यस्तो गुनासो गर्दा गर्नसक्ने छन्। 

यसका लागि सबैभन्दा पहिला नेपाल राष्ट्र बैंकको वेबसाइटमा जानुपर्छ। वेबसाइट माथिबाट स्क्रोल गर्दै अन्तिमतिर गुनासो दर्ता भन्ने लिंक रहेको छ। त्यसमा क्लिक गरेपछि गुनासो दर्ताको पेज खुल्छ। 

उक्त पेजमा गएपछि तलतिर दुइवटा क्लिक बटम छन्। त्यसमा लग अ कम्प्लेनमा क्लिक गर्नुपर्छ। त्यसपछि एउटा फारम खुल्छ। 

फारममा नाम,नम्बर र इमेल सबैभन्दा पहिला भर्नुपर्छ। त्यसपछि आफ्नो ठेगाना छनौट गर्नुपर्छ। 

त्यसपछि आफूलाई सेवा दिने सेवाप्रदायकको प्रकृया छनौट गर्नुपर्छ। यसमा बैंक तथा वित्तीय संस्था, मनी चेन्जर, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीको विकल्प रहेको छ। 

सेवाप्रदायकको प्रकृति छनौट गरेपछि संस्थाको नाम र ब्रान्च छनौट गर्नुपर्छ। 

सेवप्रादयकलाई कुन कानून तथा विधिको उलंघन भएको हो त्यो छनौट गर्नुपर्छ। त्यसलगत्तै गुनासोको विषय छनौट गरेपछि सम्बन्धित कागजपत्र अपलोड गर्ने बिकल्प रहेको छ।

सबैभन्दा अन्तिममा  गुनासोको विवरण लेखे। फारम सबमिट गर्नुपर्छ। 

यसरी गुनासो दर्ता भएपछि इमेलमा गुनासो दर्ता भएको जानकारी र दर्ता नम्बर आउछ। आफ्नो गुनासोका बारेमा के भइरहेको छ भनेर थाहा पाउनका लागि त्यही दर्ता नम्बर राखेर ट्रयाक गर्न सकिन्छ। 

गुनासो ट्रयाक गर्नका लागि गुनासो दर्ता पेजमा गएर ट्रयाक कम्प्लेनमा क्लिक गरि नम्बर हालेपछि के भइरहेको छ त्यसका बारेमा जानकारी पाइन्छ। 


प्रकाशित : सोमबार, भदौ २१ २०७८०४:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend