शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सीता एयरकाे जहाज नेपालगञ्ज विमानस्थलबाट सिमिकाेट उड्ने क्रममा ३ बँदेलसँग ठाेक्कियाे

मंगलबार, कात्तिक १६ २०७८
सीता एयरकाे जहाज नेपालगञ्ज विमानस्थलबाट सिमिकाेट उड्ने क्रममा ३ बँदेलसँग ठाेक्कियाे

काठमाडौं- नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लाग्दा सीता एयरको जहाज एकैचाेटी तीनवटा बँदेलसँग ठोक्किएकाे छ।  १४ यात्रु लिएर विहानै सिमिकोट उडान गर्ने क्रमम धावनमार्गमा एक्कसी बँदेल आएपछि जहाज ठोकिएको छ। विमानस्थल कार्यालयले ठूलो दुर्घटना टरेको जनाएको छ।

विमानस्थल प्रमुख सुभाष झा का अनुसार सीता एयरको ९ एन एविएच कलसाइन जहाज टेक अफ गर्ने क्रममा जहाजको पाँग्रामा समस्या भएपछि हेर्दा ३ वटा बँदेल मरेको पाइएको जानकारी दिए। जहाजमा समान्य क्षती पुगेको र अध्ययन भइरहेको प्रमुख झाले जानकारी दिए। 


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend