बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

चारतारे रिसोर्टबाट पाँचतारेमा लम्किएको 'आगन्तुक', दुई अर्ब लगानी थपिँदै

शनिबार, जेठ १३ २०८०
चारतारे रिसोर्टबाट पाँचतारेमा लम्किएको 'आगन्तुक', दुई अर्ब लगानी थपिँदै

काठमाडौं- सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेको थियो। आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि भन्दै 'भिजिट नेपाल २०२०' घोषणा गरेको थियो। सरकार घोषणाअनुसार तयारी पनि भएको थियो। तर २०१९ को अन्त्यतिर विश्वभर कोराना महामारी सुरु भयो। आवतजावतमा प्रतिबन्ध लागे। जसका कारण अन्तिम समयमा भिजिट नेपाल अभियान रोकियो।

जसका कारण सबैभन्दा बढी असर पर्यटन तथा हवाई उड्डयन क्षेत्रमा देखियो। सरकारी अभियानलाई सहयोग गर्ने लक्ष्यसहित काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ६ मा दुईअर्ब रूपैयाँभन्दा बढीको लगानीमा चारतारे रिसोर्ट सञ्चालनमा आएको थियो। आगन्तुक नामबाट रिसोर्ट सञ्चालनमा आएको हो। तर रिसोर्टका लागि सुखद सुरुवात हुन सकेन।

सुरुवाती चरणमा रिसोर्टमा असर पर्‍यो। त्यतिमात्रै होइन रिसोर्टकका मुख्य व्यक्तिको समेत कोरोनाबाट नै निधन भयो। परियोजनाका डिजाइनर हरि नेपाल थिए। उनले गाई फार्म रहेको ठाउँको जग्गा खरिद गरेर त्यो क्षेत्रकै एकमात्रै चारतारे रिसोर्ट सञ्चालनका योजना बुनेका थिए।

हाल रिसोर्टका अध्यक्ष रहेकी सरस्वती गौतम ज्ञवाली सम्झिन्छिन्, 'योजनाकार नै गुमाएको क्षणमा हामीलाई पनि समस्या भएको थियो।' दु:खद क्षणलाई बिर्सिएर अहिले रिसोर्ट सञ्चालन भइरहेको उनको भनाइ छ।

aagantuk (4).jpg

रिसोर्टमा अहिलेसम्म दुई अर्ब रूपैयाँको लगानी भएको र क्रमश: अब लगानी विस्तार गरेर पाँचतारे रिसोर्ट बनाउने योजना अगाडि बढेको उनले बताइन्।

पाँचतारे स्तरको रिसोर्टसम्मको लक्ष्य पूरा गर्न थप दुई अर्ब लगानी लाग्ने रिसोर्टका रेसिडेन्ट मेनेजर बिमल पौड्याल बताउँछन्। रिसोर्ट २०१९ को ३१ डिसेम्बरमा सञ्चालन आएको हो।

१८० डिग्रीको एंगलमा हिमालयन रेन्जको दृष्य अवलोकन गर्न पाइने रिसोर्ट पर्यटकीय नगरी बनेपामा छ। पौडलका अनुसार अहिले पनि रिसोर्टमा थप संरचना बनिरहेको छ। ७२ रोपनी जग्गामा रहेको रिसोर्टमा ५२ वटा रुम छन्। बाहिरबाट हेर्दा पुरानो जस्ता लाग्न रिसोर्ट भवनहरूमा भित्र आधुनिक शैलीमा सजिसजावटसहित ‘लक्जरियस’ सुविधा रहेका छन्।

रिसोर्टमा राखिएका हरेक सामान कलात्मक छन् भने हरेक कोठामा बालकोनी छ। जसबाट बाहिरी वातावरण प्रत्यक्ष नियाल्दै प्रकृतिसँग साक्षात्कार गर्न पाइन्छ। त्यसमध्ये एक पुरानै शैलीमा निर्माण गरिएको `कमिला घर´ हो। गाउँका घरमा लगाइने कमेरो माटोकाे झल्को दिने गरी निर्माण भएको घर धेरैको आकर्षणको केन्द्र बनेको छ। बाहिरबाट हेर्दा भने इजिप्सियन र मेडिटेरियन ‘कम्बाइन’ गरेर युरोप र इजिप्टको बीचको पाटोको झल्को दिने खालको बनाइएको छ।

aagantuk (3).jpg

रिसोर्टमा पाइने सुविधा

रिसोर्टमा २४ घण्टा नै सबै प्रकार सुविधा उपलब्ध रहेको छ। ग्राहकको आवश्यकताअनुसार आवास सुविधा रहेको पौडेल बताउँछन्। रिसोर्टमा सेमिनार तथा कार्याशालाका लागि हल र आवास र गैरआवासीय अतिथिहरूको लागि खाना क्याफेको सेवा पनि छ। ग्राहकका लागि लुगा धुने र सञ्चार सेवाहरूसमेत उपलब्ध गराउँदै आएको छ।

रिसोर्टमा स्विमिङ पुल अहले नै सञ्चालनमा रहेको छ भने स्पाको संरचना पनि निर्माण भइरहेको छ। रिसोर्टमा जिम सेवासमेत रहेको छ। भविष्यमा रिसोर्टलाई पाँचतारे बनाउँदै क्यासिनो सेवासमेत दिने रिसोर्टले योजना बनाएको छ। रिसोर्टमा सबै प्रकारमा व्यञ्जनको सुविधा रहेको छ। बालबालिकालाई मनोरञ्जन दिनेदेखि हेलिप्याडसमेत रहेको छ। 

रिसोर्ट कोठाहरू कार्यकारी, प्रिमियम, डिलक्स र विभिन्न वर्गहरूमा वर्गीकृत छन्। सबै कोठाहरू एयर कन्डिसनरले सुसज्जित छन्।

aagantuk (2).jpg

६८ वटा रुम रहेको रिसोर्टमा ४ वटा स्विट रुम, ४० वटा प्रिमियम रुम, ८ वटा डिलक्स रुम र १६ वटा स्टान्डर्ड रुम रहेका छन्। रिसोर्टमा प्रत्यक्ष रुपमा ७० जनाले रोजगारी पाएका छन्।

होटलका म्यानेजरले पौड्यालले खानाको सुविधा, पाहुना कोठा, सेवालगायतका कुनै पनि विषयमा रिसोर्टले कन्जुस्याँइ नगर्ने दाबी गरे। हरेक दिन आउनु हुने प्रत्येक पाहुनाबाट केही न केही राय सुझाव, सल्लाह लिएर अगाडि बढेको पौड्यालले बताए। 

पौड्यालले विदेशी, स्वेदेशी घुमन्ते, अफिसियल परिवार सबैलाई आनन्ददायी वातावरणमा मीठा स्वादहरूसँगै सन्तुष्ट दिलाउनु रिसोर्टको एकमात्रै लक्ष्य रहेको पौड्यालले बताए। उनका अनुसार रूम रेट १२ हजार ५ सयदेखि २२ हजारसम्म रहेको छ। जसमा दुईजनाको बेलुकीको डिनर र बिहानको ब्रेकफास्ट रहेको छ। 


प्रकाशित : शनिबार, जेठ १३ २०८००४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend