शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सामलिङ्ग पावरको आईपीओ बाँटफाँट हुदै,२२ लाख आवेदकको हात रित्तो

मंगलबार, कात्तिक १६ २०७८
सामलिङ्ग पावरको आईपीओ बाँटफाँट हुदै,२२ लाख आवेदकको हात रित्तो

सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको सेयर आज (मंगलबार)  बाँडफाँट हुदैै छ।

काठमाडौं- सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको सेयर आज (मंगलबार)  बाँडफाँट हुदैै छ। कम्पनीको सेयर २२ लाख ६५ हजार ६९८ आवेदकबाट २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ३३ हजार ५०० कित्ता सेयर माग भएको छ।

सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको ३९.६७ गुणा बढी हो। कात्तिक ४ गतेदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो।

त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ।

न्युनतम १० कित्ताको दरले सेयर वितरण गर्दा ६७ हजार ८९० आवेदकले मात्रै सेयर पाउनेछन् । त्यस अनुसार करिब २२ लाख आवेदकले सेयर नपाउने देखिन्छ।


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०१:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend