बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

क्वालालाम्पुर-भैरहवाको प्रमोशनल भाडादर घट्यो, ११ हजार ४६१ रूपैयाँ कायम

बिहीबार , जेठ ११ २०८०
क्वालालाम्पुर-भैरहवाको प्रमोशनल भाडादर घट्यो,  ११ हजार ४६१ रूपैयाँ कायम

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्वालालाम्पुर-भैरहवाको प्रमोशनल भाडादर घटाएको छ। 

यसअघि मलेसियाबाट भैरहवा उडानका लागि प्रमोशनल भाडादर १२ हजार सात सय रुपैयाँ तोकिएकोमा अहिले ११ हजार ४ सय ६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ। 

त्यस्तै, निगमले क्वालालाम्पुर-भैरहवा-काठमाडौंका लागि १२ हजार ३४६ रूपैयाँ तोकेको छ। यो रुटका लागि यसअघि १४ हजार सात सय २० रूपैयाँ भाडादर कायम गरिएको थियो।

निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ। निगमले उडानका लागि टिकट बुकिङ समेत खुलाइसकेको छ।

भैरहवाबाट तत्कालका लागि निगमले सातामा एक उडान (मंगलबार) गर्नेछ। बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गरिने निगमले जनाएको छ। 


प्रकाशित : बिहीबार , जेठ ११ २०८०११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend