शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

कोरोनापछिकै उच्च मासिक पर्यटक आगमन, अक्टोबरमा भित्रिए २३ हजार

images
सोमबार, कात्तिक १५ २०७८
images
images
कोरोनापछिकै उच्च मासिक पर्यटक आगमन, अक्टोबरमा भित्रिए २३ हजार

यो कोरोना सुरु भएपछिको उच्च मासिक पर्यटक आगमन संख्या हो।

images
images

काठमाडौं- पछिल्लो समय नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि देखिन थालेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको मासिक पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको आगमन बढ्दै गएको देखिएको छ। 

images
images
images

सन् २०२१ को अक्टुबरमा २३ हजार २८४ जना  विदेशी नेपाल घुम्न आएका छन्। यो कोरोना सुरु भएपछिको उच्च मासिक पर्यटक आगमन संख्या हो। कोरोना सुरु भएपछि घटेका पर्यटक  सन् २०२१ को अप्रिलमा २२ हजार ३४० जना विदेशी नेपाल आएका थिए।

सन् २०२१ को सुरुदेखि नै पर्यटक आगमनको सङ्ख्यामा वृद्धि हुन सुरु भएको थियो। जनवरीमा ८ हजार पर्यटक आएका थिए भने अप्रिलमा २२ हजार विदेशीले नेपाल भ्रमण गरेका थिए।

images

कोरोनाको दोस्रो भेरियन्टको संक्रमण तीव्र भएपछि नेपाल सरकारले अप्रिलको अन्तिम सातादेखि नेपालमा सबै अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए। तीन महिनापछि क्रमिक उडान खुला गर्दै गएपछि पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको थियो। सन् २०२१  को १० महिनामा १ लाख ३४ हजार पर्यटक नेपाल आइसकेका छन्।  

images

हाल सामान्य अवस्थाको तुलनामा ७०  प्रतिशत अन्तर्राष्ट्रिय भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। उडान सङ्ख्यामा वृद्धि तथा पछिल्लो समय सरकारले पर्यटकका लागि क्वारेन्टिन  नियममा सहज बनाइदिएपछि अझै पर्यटकको सङ्ख्यामा वृद्धि हुने व्यवसायीको विश्वास छ। 

चीनसँगको नियमित उडान अझै सुरु नभएकाले अपेक्षित वृद्धि देख्न नपाइने व्यवसायीहरूले बताएका छन्। पछिल्लो समय सरकारले क्वारेन्टिन नियममा खुकुलो बनाएपछि काठमाडौंका पाँचतारे होटलहरूमा धमाधम बुकिङ आउन थालेको छ। 

२ महिनामा २ अर्ब  ७० करोड आम्दानी 
नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको पहिलो दुई महिनामै पर्यटनबाट नेपालले २ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको छ। 

राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालले साउन र भदौमा २ अर्ब ७० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको छ। 

अघिल्लो वर्षको तुलनामा यो दोब्बर बढी आम्दानी हो। अघिल्लो वर्ष नेपालले पर्यटनबाट ९७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो। 


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend