बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल एयरलाइन्सले सिड्नी विमानस्थलमा उडानका लागि पायो स्लट, पाउला अन्तिम उडान अनुमति?

मंगलबार, जेठ ९ २०८०
नेपाल एयरलाइन्सले सिड्नी विमानस्थलमा उडानका लागि पायो स्लट, पाउला अन्तिम उडान अनुमति?

निगमले अहिले जिएसए छनोटलगायतका प्रक्रिया समते अगाडी बढाएको छ। निगमले अहिले जीएसए छनोटका काम गरिरहेको छ भने जहाजमा सवार गर्न यात्रुलाई खाजा-नास्ताका लागि समेत क्याटरिङ कम्पनी छनोट प्रक्रियासमेत अगाडी बढाएको छ।

काठमाडौं- नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नी उडान प्रक्रियालाई तीव्रताका साथ अगाडी बढाएको छ।

सिड्नी विमानस्थलले नेपाल वायुसेवा निगमलाई उडान अनुमति समेत दिइसकेको छ। सिड्नी विमानस्थलले सातामा २ वटा उडानका लागि स्लट दिएको छ। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको हो।

विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग उडानका लागि अनुमति माग्दै सबै विवरण बुझाएको छ। निगमले काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्न लागेको हो। 

सोही अनुसार निगमले अहिले जिएसए छनोटलगायतका प्रक्रिया समते अगाडी बढाएको छ। निगमले अहिले जीएसए छनोटका काम गरिरहेको छ भने जहाजमा सवार गर्न यात्रुलाई खाजा-नास्ताका लागि समेत क्याटरिङ कम्पनी छनोट प्रक्रिया समेत अगाडी बढाएको छ।

यसैगरी सिंगापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको छ भने सिंगापुर र सिड्नी विमानस्थलक‍ो लागि एमआरओ समेत छनोट गरिसकेको छ। निगमले वाइडबडीबाट अष्ट्रेलियाको सिड्नी उडान गर्न लागेको छ।


प्रकाशित : मंगलबार, जेठ ९ २०८०१०:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend