बिहीबार , चैत १५ गते २०८०    
images
images

पर्यटन मन्त्रालयले सोध्यो लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण

images
images
पर्यटन मन्त्रालयले सोध्यो लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण

मन्त्रालयले मूर्तिका विषयदेखि निर्माण परियोजना लगायतको विषयमा जवाफ मागेको छ।

images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै लुम्बिनी क्षेत्र विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेको छ।

images
images
images

मन्त्रालयले कोषको क्षेत्राधिकारभित्रका तोकिएका विभिन्न कार्यहरु सम्पादन गरेका वा गर्ने सन्दर्भमा १५ दिनभित्र जवाफ कोषसँग १३ वटा प्रश्नको जवाफ मागेको हो। 

images

यस्ता छन् मन्त्रालयलले कोषलाई सोधेका प्रश्नहरु :

images
images

(१) लुम्बिनी विकास कोष परिसरको महायान पोखरीमा गुरुयोजना विपरीत अनाधिकृत ढंगबाट बुद्ध मूर्ति बनाउन दिएको भन्ने गुनासोको सन्दर्भमा उक्त मूर्ति बनाउन दिइएको हो होइन? दिनुपर्ने हो होइन? दिइएको भए अवलम्बन गरिएका कानूनी प्रक्रिया तथा निर्णय सम्बन्धी विवरण पेश गर्ने।

(२) विभिन्न प्लटहरु बदनियतपूर्ण ढंगले आफुखुसी वितरण गरेको भन्ने गुनासो प्राप्त भएको छ। सो विषयमा के भएको हो? हालसम्म वितरण भएको सो सम्बन्धी निर्णय एवं अपनाइएको मापदण्डसहित विवरण पेश गर्ने।

(३) सोक्यो जापान लगायतका सम्झौताहरुको समयसीमाभित्र काम पूरा नगरेको भनेर सम्झौता खारेज गरिएको, तर अन्य गुम्बा तथा भौतिक संरचनाका लागि गरिएका थुप्रै संस्थाहरुसँगको सम्झौता अनिश्चित कालका लागि आफूखुसी समयावधि बढाउँदै लगिएको गुनासो आएको छ। सो सन्दर्भमा यथार्थ के हो? कुन कुन संस्थासँग के कस्ता सम्झौता भएका छन्? तिनीहरुसँग भएका सम्झौता तथा थप भएको अवधिसम्बन्धी विवरण पेश गर्ने।

(४) मायादेवी मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तुसमेत नष्ट गरी बनाइएको पोखरीमा करोडौँको टेण्डर निष्कासन गरी रकमको अपचलन गरेको भन्ने गुनासो प्राप्त भएको छ। सो सम्बन्धमा यथार्थ के भएको हो? कुन विधि, पद्धति, प्रक्रिया अवलम्बन गरिएको हो ? सन्दर्भसहित विस्तृत विवरण पेश गर्ने।

(५) लुम्बिनी विकास कोष परिसरभित्र के कति संस्थाहरुले काम गरिरहेका छन्? तिनीहरुको नवीकरणको अवस्था र पेश गर्ने। यदि नवीकरण नभएका संघ संस्थाले काम गरिरहेका छन् भने के कस्तो विधि/पद्धति र प्रक्रिया अवलम्वन गरी काम गर्न दिईएको हो? साथै लिज वा भाडामा दिएका संस्थाहरुको विवरणसहित खुलाई पठाउने।

(६) कोषभित्र हाल के कति निर्माण परियोजनाहरु सञ्चालन भइरहेका छन्? तिनीहरु कुन कुन निर्माण कम्पनीलाई कुन विधि र प्रक्रिया अपनाई ठेक्का दिएको हो? सो को विवरण पेश गर्ने।

(७) हालै त्यहाँ निर्माण भइरहेको संरचनाहरु गुरुयोजना अनुरुप नभएको गुनासो रहेकाले कहाँ कहाँ कुन-कुन संरचनाहरु गुरुयोजना विपरीत बनेका छन्? पछिसम्म फरक नपर्ने गरी सोको विवरण पेश गर्ने'। 'साथै तहाँबाट अघि बढाइएको लगभग तीन अर्बको ठेक्का लुम्बिनी गुरुयोजना अनुरुप छ कि छैन? इस्टिमेट तयार गर्दा गुरुयोजना विपरीत धेरै विषय रहेको भन्ने सूचना प्राप्त भएकाले के कति कारणले उक्त कुराहरु भएका हुन्। यथार्थ पेश गर्ने।

(८) लुम्बिनी विकास कोषको परिसरभित्र मोटरबोट संचालनका लागि कुन कानुन, विधि, प्रक्रिया अवलम्बन गरी दिइएको हो? यसले वायु र ध्वनि प्रदूषण गरेको गनासो प्राप्त भएको छ। यस सम्बन्धमा के भएको हो? विस्तृत विवरण पेश गर्ने।

(९) मन्दिर जाने बाटोमा रहेको कफी सप र पुस्तक पसल नियमविपरीत सञ्चालन गर्न दिइएको गुनासो प्राप्त भएको छ। उक्त कफी सप र पुस्तक पसल कुन विधि प्रक्रियाको अवलम्बन गरी सञ्चालन गर्न दिइयो? यथार्थ पेश गर्ने।

(१०) क्रेन (सारस चरा) फाउन्डेसनको मनपरी ढंगबाट दुरुपयोग भएको भन्ने गुनासो प्राप्त भएको छ। सो विषयमा के भएको हो ? सन्दर्भसहित यथार्थ विवरण पेश गर्ने।

(११) लुम्बिनी विकास कोषलाई विगत पाँच वर्षदेखि विभिन्न दाताहरुले दिएको रकमको यथार्थ विवरण तथा सोको परिचालनको अवस्था खुलाई पठाउने।

(१२) उपाध्यक्षले गरिमामय पदको दुरुपयोग गरी अन्य संस्थाबाट मासिक तलब बुझ्ने गरेको भन्ने विषयमा के भएको हो? सो सम्बन्धी विवरण पेश गर्ने।

(१३) भर्खरै निर्माण सम्पन्न भएको भनिएको सभाहल पानी चुहिने समस्या भएको भनी गुनासो प्राप्त भएकोले सो विषयमा के भएको हो? सम्पन्न भई हस्तान्तरण भइसकेको हो कि होइन? यसको दायित्व कसमा अन्तर्निहित छ? खुलाई पठाउने।

images

प्रकाशित : आइतबार, जेठ ७ २०८०१२:०५

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ