बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मुसा भेटिएपछि जनकपुरमा रोकिएको बुद्ध एयरको जहाज काठमाडौं ल्याइयो

आइतबार, जेठ ७ २०८०
मुसा भेटिएपछि जनकपुरमा रोकिएको बुद्ध एयरको जहाज काठमाडौं ल्याइयो

जहाजलाई थप निरीक्षण गरि आज दिउँसोबाट पुनः व्यवसायिक उडान थालिने बुद्ध एयरले जनाएको छ। 

काठमाडौं- शनिबार मुसा भेटिएपछि उडान स्थगित भएको बुद्ध एयरको जहाज काठमाडौं ल्याइएको छ। 

शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको थियो। लगत्तै जहाजको चेकजाँचका लागि इन्जिनियरसहितको प्राविधिक टोली पठाइएको थियो।

जहाजमा आज बिहान ट्रयापमा मुसा भेटिएको बुद्ध एयरले जनाएको छ। बुद्ध एयरका अनुसार परीक्षणपछि आज दिउँसो प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याइएको हो।

जहाजलाई थप निरीक्षण गरि आज दिउँसोबाट पुनः व्यवसायिक उडान थालिने बुद्ध एयरले जनाएको छ। 


प्रकाशित : आइतबार, जेठ ७ २०८००८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend