बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा भेटिएपछि उडान स्थगित

शनिबार, जेठ ६ २०८०
जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा भेटिएपछि उडान स्थगित

शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको हो।

काठमाडौं- जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा भेटिएपछि उडान स्थगित गरिएको छ। 

शनिबार बिहान काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको हो।

काठमाडौं उडानका लागि जहाज बोर्डिङपास भइसकेको अवस्थामा मुसा भेटिएपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। 

काठमाडौंबाट साढे ८ बजे जनकपुर पुगेको उक्त जहाजमार्फत ४९ जना यात्रु काठमाडौं आउन लागेका थिए। 

उक्त जहाज अहिले इन्जिनियरले चेकजाँच गरिरहेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउने उनले बताए।

सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाडौं ल्याइसकिएको कर्णले जानकारी दिए।


प्रकाशित : शनिबार, जेठ ६ २०८००६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend