बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हिमालयले एयरलाइन्सले थाइल्याण्ड उडान गर्ने, पोखराबाट चीन उडानका लागि समेत अध्ययन गर्दै

शनिबार, जेठ ६ २०८०
हिमालयले एयरलाइन्सले थाइल्याण्ड उडान गर्ने, पोखराबाट चीन उडानका लागि समेत अध्ययन गर्दै

काठमाडौं- अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्दै आएको निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले थाइल्याण्डको बैंककमा उडान गर्ने भएको छ।

एयरलाइन्स स्रोतका अनुसार थाइल्याण्ड उडानको काम अन्तिम चरणमा पुगेको छ।

उडान गर्नुपूर्वका सबै काम लगभग सकिएको एयरलाइन्सले जनाएको छ। अहिले नेपालबाट नेपाल एयरलाइन्सले र थाइल्याण्डमा थाई स्माइलले काठमाडौं-थाइल्याण्ड-काठमाडौं र थाइल्याण्ड-काठमाडौं-थाइल्याण्ड उडान गरिरहेका छन्।

यसैगरी हिमालय एयरलाइनसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न सकिने गन्तव्यहरुको समेत अध्ययन गरिरहेको छ।

एयरलाइन्सले पोखराबाठ चीनका विभिन्न गन्तव्यको उडानका लागि अध्ययन भइरहेको जनाएको छ।

जनवरी १ देखि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान भएको छैन।

विमानस्थल उद्घाटन कै दिन हिमालयले काठमाडौंबाट पोखरासम्मको परीक्षण उडान समेत गरेको थियो। 


प्रकाशित : शनिबार, जेठ ६ २०८००३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend