बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

दुर्गम उडानमा उमेरहद जनवरी १ देखि लागु हुने, ६० वर्षमाथिका क्याप्टेनलाई उडानमा प्रतिबन्ध

शुक्रबार, जेठ ५ २०८०
दुर्गम उडानमा उमेरहद जनवरी १ देखि लागु हुने, ६० वर्षमाथिका क्याप्टेनलाई उडानमा प्रतिबन्ध

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम (स्टल) उडानको क्याप्टेनको उमेरहद २०२४ को जनवरी १ देखि कार्यान्वयनमा ल्याउने भएको छ।

प्राधिकरणले स्टल उडानमा ६० वर्ष उमेरमाथिका क्याप्टेनलाई उडानमा प्रतिबन्ध लगाउन लागेको हो। अहिले ६५ वर्षको उमेरसम्म उडान गर्न पाइन्छ।

तारा एयरको पोखरा-जोमसोम उडानको क्रममा जहाज दुर्घटना जाँचबुझ आयोगले क्याप्टेनको उमेरहदको विषयमा सिफारिस गरेको थियो।

आयोगले ६० वर्षमाथिका क्याप्टेनलाई दुर्गम उडानमा प्रतिबन्ध लगाउन भन्दै प्राधिकरणलाई सुझाव दिएको थियो। सोही आधारमा प्राधिकरणले यस्तो निर्णय गरेको हो। 


प्रकाशित : शुक्रबार, जेठ ५ २०८००७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend