बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

साढे ३ वर्षअघि नै बिक्री भएको बोइङ खरिद कम्पनीले नलगेपछि पुन: बिक्रीका लागि टेन्डर

साढे ३ वर्षअघिकै बिक्री मूल्यलाई राखियो न्यूनतम मूल्य

शुक्रबार, जेठ ५ २०८०
साढे ३ वर्षअघि नै बिक्री भएको बोइङ खरिद कम्पनीले नलगेपछि पुन: बिक्रीका लागि टेन्डर

काठमाडौं- साढे ३ वर्षअगाडि नै बिक्री भएको बोइङ खरिद गर्न कम्पनीले नलगेपछि नेपाल वायुसेवा निगमले पुन: बोइङ बिक्री प्रक्रिया सुरु गरेको छ। निगमले बोइङ ७५७ नाइन एसी बी जहाज बिक्रीका लागि ५७ लाख १० हजार डलर न्यूनतम मूल्य राखेर बिक्रीका लागि टेन्डर गरेको छ। निगमले २०२३ को जुलाई २ सम्मको म्याद राखेर जहाज टेन्डर गरेको हो।

यो जहाज बिक्रीका लागि भन्दै २०७६ पुसमै सम्झौता भएको थियो। निगमले सन् १९८७ मा खरिद गरेको बोइङ जहाज पोल्यान्डको एसबिएस एयरक्राफ्ट एन्ड लिजिङ कम्पनीले खरिद गर्ने गरी सम्झौता भएको थियो। तर सम्झौता लगत्तै विश्वभरी कोराना महामारी सुरु भयो। महामहारीसँगै कम्पनी जहाज लिन नेपाल आएन। बारम्बार निगमले जहाज लैजान भन्दै पत्रचार गरेपनि जहाज लैजान कम्पनी आएको थिएन। कम्पनीले ५७ लाख १० हजार अमेरिक डलरमा जहाज खरिद गर्ने सम्झौता गरेको थियो। उक्त समयमा जहाज खरिदका लागि ३ वटा कम्पनीको आवेदन परेको थियो। 

बोइङ खरिदका लागि दुई वटा अमेरिकी कम्पनी र एउटा पोल्यान्डको कम्पनीले आवेदन दिएका थिए। अमेरिकी कम्पनी एभियोन र एमके एभिएसनका साथै पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरीदका लागि आवेदन दिएका थिए। आवेदन दिएका कम्पनी मध्ये लिलामी प्रक्रियाबाट पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले बाजी मारेको  थियो।

निगमले २०७६ मा जहाज खरिद प्रक्रिया सुरु गर्दै गर्दा पहिलो पटक ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात् ८७ करोड ५० लाख रुपैयाँलाई आधारमूल्य तोकेको थियो। तर, दुई पटकसम्मको टेन्डरमा कुनै पनि कम्पनीले आवेदन नदिएपछि तेस्रोपटक लिलामी जहाज बिक्रीका लागि सूचना जारी गरिएको थियो। सोही आधारमा पोल्यान्डको एसबिएस एयरक्राफ्ट एन्ड लिजिङ कम्पनीले खरिद गर्ने गरी सम्झौता भएको थियो।  निगमसँग २ वटा बोइङ थियो। जस मध्य एउटा बोइङ चाँही व्यवसायी भवन भट्टले खरिद गरेका थिए। 


प्रकाशित : शुक्रबार, जेठ ५ २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend