सोमबार, असोज ८ गते २०८०    

बुद्ध एयरले सुरु गर्‍यो डिजिटल प्रविधिमा आधारित कस्टुमर केयर 'स्पेसल सर्भिस'

अक्सिजनबाहेक सबै सेवा नि:शुल्क

images
बुद्ध एयरले सुरु गर्‍यो डिजिटल प्रविधिमा आधारित कस्टुमर केयर 'स्पेसल सर्भिस'
images

काठमाडौं- बुद्ध एयरले म्यानुअल कस्टुमर केयरलाई डिजिडल बनाएको छ। बुद्ध एयरको एप तथा अनलाइनबाट टिकट काट्नेहरूले टिकट काट्दाको समयमा नै सेवा लिन सक्नेगरी कस्टुमर केयर सेवालाई डिजिटल गरेको हो। १२ वर्षभन्दामुनिका बालबालिका, वृद्ध, अपाङ्गता भएका, २८ देखि ३२ हप्तासम्मको गर्भवती महिला र बिरामीलाई यात्रा अवधिभर सजिलोसँग यात्रा गर्न सकिने गरी बुद्धले कस्टुमर केयर सेवालाई डिजिटल बनाएको हो। 

images

एयरले अनलाइन टिकट काट्दा स्पेसल सर्भिस सेवा दिने गरी अप्सन राखेको छ। टिकट काट्ने क्रममा स्पेसल सर्भिसमा क्लिक गर्दा ७ वटा सेवाको अप्सन राखेको छ। जहाँ अपागंता भएका यात्रु, जेष्ठ नागरिक, गर्भवती महिला, नाबालकलाई समेत सेवा दिने गरी सेवालाई अनलाइन बनाएको छ।

images

साथै अक्सिजन चाहिने यात्रुलाई अक्सिजन दिने र हिँडडुल गर्न नसक्नेका लागि ह्विलचियर सेवासमेत दिनेगरी सेवालाई अनलाइन गरेको छ। उदाहरणका लागि एक जना अक्सिजन र ह्विलचेयर चाहिने यात्रुले बुद्ध एयरको एपबाट टिकट काट्दा उक्त अप्सनमा टिक लगाएको छ भने उक्त विवरण सिधै बुद्ध एयरको कस्टुमर केयर सेन्टरबाट जान्छ।

images
Mrs. Dambar Chettri.jpg

त्यसपछि केयर सेन्टरका कर्मचारीले टिकट काट्दा भरिएको विवरणमा रहेको सम्पर्क नम्बरमा कल गरेर विमानस्थलको प्रस्थान कक्षको चेकिङ हुन ठाउँबाट नै त्यस्ता यात्रुलाई लिइर जान्छ। चेकिङको काम पनि सबै आफै गरिदिन्छ। सोही रितमा कस्टुमर केयरका कर्मचारीले जहाज चढाउने छन भने यात्रा अन्त्य ठाउँमा पनि सोही रितमा सबैकाम सकेर यात्रुलाई उनीहरूको सम्पर्क व्यक्तिलाई बुझाउँछन्।

images

यसैगरी १२ वर्षको एक जना यात्रुको मामाघर विराटनगर छ। उसलाई काठमाडौंबाट विराटनर जानु परेको छ। तर उसलाई त्यहाँसम्म पुर्‍याउने साथी छैन। बाबाममीलगायत परिवारका सदस्य व्यस्त छन् भने पनि त्यस्ता यात्रुलाई बुद्ध एयरले टिकट काट्दा कस्टुमर केयर सेवा अन्तर्गत फर्म भरेको विवरणअनुसार प्रस्थान विमानस्थबाट नै सेवा दिँदै सुरक्षित यात्रा गराउँदै गन्तव्यमा पुर्‍याएर उसको परिवारको सदस्यलाई जिम्मा लगाउने छ।

Mrs. Kalika Kumari Shah.jpg
कालिका कुमारी शाह

यसैगरी गर्भवती महिलालाई पनि सोही प्रक्रियाबाट सेवा दिने छ। अहिले कस्टुमर केयर सेवा सबै नि:शुल्क गरिएको बुद्ध एयरका कस्टुमर केयर विभागमा प्रमुख सुशील पोखरेलले बताए। तर अक्सिजनको हकमा भने अक्सिजनको मूल्य लिने गरेको छ।

टिकट काट्ने बेलामा यात्रुले म बिरामी छु, मलाई चाहिँ हेरचाह गर्नु पर्‍यो। मलाई ह्लीलचियर, अक्सिजन चाहियो। गन्तव्यमा पुगेपछि मलाई एम्बुलेन्स बोलाई दिनु भनेमा यसको व्यवस्थापन आफूहरूले गरिरहेको उनको भनाइ छ। सेवा लिइरहेका यात्रुहरूले पनि आफूहरूको सेवाको प्रसंसा गरेको पोखरेल बताउँछन्।

Mrs. Ishwori Shahi Thakuri.jpg
ईश्वरी शाही ठकुरी

स्पेसल सर्भिस लिएकी ईश्वरी शाही ठकुरीले पनि बुद्ध एयरको सर्भिसले आफूलाई सहज भएको र आफूखुसी रहेको समेत बताइन्। उनले स्पेसल सर्भिस मार्फत ह्विलचियर सेवा लिएकी थिइन्। ९ वर्षका प्रेम रोक्का पनि परिवारको सदस्य सँगै यात्रामा नभएपनि बुद्ध एयरले परिवारको सदस्यले जस्तै हेरचार गरेर सेवा दिएकोमा खुसी छन्।

जेष्ठ नागरिक कालिका कुमार शाह, अपागंता यात्र कोषराज प्रसाई, सानो उमेरका यात्रु प्रभा कार्की, ह्विलचेयर सेवा लिएका सरस्वती ज्ञवाली र विश्वनाथ गौतम पनि बुद्ध एयरले दिएको कस्टुमर केयर सेवाको सर्भिसमा खुसी छन्। विदेशतिर जाँदामात्रै यस्तो सेवा पाइन्छ भनेको सुनेपनि देशमा यात्रा गर्दा पनि बुद्ध एयरले यस्तो सेवा दिएकोमा यात्रुहरूसमेत खुसी छन्। 

Mr. Baidhyanath Karn.jpg
विद्यानाथ कर्ण

बुद्ध एयरकै स्पेसल सर्भिस सेवा लिएका डम्बर क्षेत्रीले पनि एयरको सेवालाई खुलेर नै प्रशंसा गर्दै थिए। जेष्ठ नागरिक सुशिला पाठकले त परिवारको सदस्यजतिकै माया र हेरचाहमा यात्रा गर्न पाएको बताइन्। यसैगरी सुशिला श्रेष्ठ, विध्याना कर्ण, निर्वान अग्रवाल र सन्तोष खड्का पनि बुद्ध एयरको स्पेसल सेवामा खुसी छन्।

Mrs. Prabha Karki.jpg
प्रभु कार्की
Mrs. Subbu Shrestha.jpg
शुभु श्रेष्ठ
Dr. Shailika Shrestha.jpg
डा शैलिका श्रेष्ठ

images

प्रकाशित : बिहीबार , जेठ ४ २०८००६:२५

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ