बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३
मन्त्रिपरिषद् निर्णय

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गर्न १८३ रोपनी जग्गा प्राप्तिका लागि सरकारको स्वीकृति

मंगलबार, जेठ २ २०८०
जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गर्न १८३ रोपनी जग्गा प्राप्तिका लागि सरकारको स्वीकृति

सरकारले बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक विस्तारित सडक सिमा भित्रका घरटहरा हटाई क्षतिपूर्ति दिने र प्रारम्भिक कारबाही चलाउन स्वीकृति दिने निर्णय पनि गरेको छ।

काठमाडौं- सरकारले जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन १८३.८ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नागरिक उड्डयन प्राधिकरणलाई सो सम्बन्धी स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

यस्तै बुटवल-लमही चारसय केभी प्रशारण लाइनअन्तर्गत मोतिपुर सबस्टेसनका लागि बाणगंगा नगरपालिकामा १५ बिगाह जग्गा प्राप्ति गर्ने र प्रारम्भिक काम अघि बढाउन अधिकारी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ।

जनआन्दोलनमा घाइते भएर गत बैशाख २७ मा मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय पनि गरिएको मन्त्री शर्माले जानकारी दिइन्। उनका अनुसार बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय पनि गरेको छ।

कलैया र सिमौनगढको नापी तथा मालपोतसम्बन्धी कार्यक्षेत्रमा रहेका साविक पिपरा विर्ता, पिरारीगोठ, वर्किफूलबरिया, कविहिगोठ, बबहि, हर्दिया, परसुरामपुर र नजरियालाई नापि कार्यालय पिराको कार्यक्षेत्रमा पर्नेगरी कार्यक्षेत्र संशोधन गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री शर्माले बताइन्।

यस्तै सरकारले बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक विस्तारित सडक सिमा भित्रका घरटहरा हटाई क्षतिपूर्ति दिने र प्रारम्भिक कारबाही चलाउन स्वीकृति दिने निर्णय गरेको छ।


प्रकाशित : मंगलबार, जेठ २ २०८०१३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend