शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नाफा कमाउनेमध्ये अर्ब क्लबमा ग्लोबल आइएमई बैंक, प्रतिसेयर आम्दानी २०.५७ रुपैयाँ

सोमबार, कात्तिक १५ २०७८
नाफा कमाउनेमध्ये अर्ब क्लबमा ग्लोबल आइएमई बैंक, प्रतिसेयर आम्दानी २०.५७ रुपैयाँ

ग्लोबल आइएमई बैंकको तीन महिनामा नाफा ५.०४ प्रतिशतले बढेर १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ पुगेको छ। 

काठमाडौं- ग्लोबल आइएमई बैंकको तीन महिनामा नाफा ५.०४ प्रतिशतले बढेर १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ पुगेको छ। 

गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको थियो। बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५७ पैसा रहेको छ। भने बैंकको प्रतिसेयर नेटवर्थ १५६.०५ रुपैयाँ रहेको छ। 

यस्तै सञ्चालन मुनाफा १ अर्ब ४७ करोड ५२ लाख ८६ हजार रुपैयाँबाट बढेर १ अर्ब ५५ करोड ५६ लाख ३६ हजार रुपैयाँ पुगेको छ। २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ८ अर्ब ७६ करोड ७४ लाख ९३ हजार रुपैयाँ रहेको छ।

चालु आवको तीन महिनामा २ खर्ब ६७ अर्ब ६६ करोड ५ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ अर्ब ५१ अर्ब ५१ करोड २० लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा १.८३ प्रतिशतबाट घटेर १.६२ प्रतिशत रहेको छ। 


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend