शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

धेरै नाफा कमाउनेमा एनआईसी एशिया बैंक, प्रतिसेयर आम्दानी ४०.८४ रुपैयाँ

सोमबार, कात्तिक १५ २०७८
धेरै नाफा कमाउनेमा एनआईसी एशिया   बैंक, प्रतिसेयर आम्दानी ४०.८४ रुपैयाँ

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सबैभन्दा धेरै नाफा कमाउने बैंक भएको छ।  विवरण अनुसार बैंकले हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल भएको हो।

काठमाडौं- एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सबैभन्दा धेरै नाफा कमाउने बैंक भएको छ। विवरण अनुसार बैंकले हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल भएको हो।

असोज मसान्तसम्ममा बैंकले १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.४२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.९३ प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिसन आम्दानी भने समीक्षा अवधिमा १४.२२ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ४५ लाख रुपैयाँ रहेको छ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ १४ पैसाबाट १ रुपैयाँ ३० पैसाबाट घटेर ४० रुपैयाँ ८४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २०.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ९० पैसा रहेको छ।

 


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend