बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

अब तुम्लिङटारमा पनि एटीआर ७२ बाट उडान

मंगलबार, जेठ २ २०८०
अब तुम्लिङटारमा पनि एटीआर ७२ बाट उडान

७२ सिट क्षमताको जहाजबाट उडान सुरु भएसँगै यात्रुलाई टिकटमा सहजता हुनेछ भने भाडा पनि सस्तो पर्ने बुद्ध एयरले जनाएको छ।

काठमाडौं- संखुवासभाको तुम्लिङटार विमानस्थलमा मंगलबारबाट एटीआर ७२ जहाजले उडान सुरु गरेको छ। बुद्ध एयरले ७२ सिट क्षमताको जहाजबाट आजदेखि तुम्लिङटारमा उडान सुरु गरेको हो।

यो विमानस्थलमा अहिलेसम्म बुद्ध एयरले एटीआर ४२ मार्फत उडान गरिरहेको थियो। बुद्धले केही समय अगाडि मात्रै तुम्लिङटार विमानस्थलमा एटीआर ७२ बाट सफल परीक्षण उडान गरेको थियो।

७२ सिट क्षमताको जहाजबाट उडान सुरु भएसँगै यात्रुलाई टिकटमा सहजता हुनेछ भने भाडा पनि सस्तो पर्ने बुद्ध एयरले जनाएको छ।


प्रकाशित : मंगलबार, जेठ २ २०८००७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend