बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

मंगलबार, जेठ २ २०८०
१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै छ। जेठ ३ गते निष्कासन गर्न लागेको १० अर्बको ऋणपत्रका लागि आज मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ। 

आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत १० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो। ‘विकास ऋणपत्र ०८५ ‘ज’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि पाँच वर्ष छ।जसअनुसार २०८० जेठ ३ गते जारी मिति तोकिएको यस ऋणपत्र २०८५ जेठ ३ गते परिपक्क हुनेछ। ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने छ। 

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गर्न लागिएको हो। प्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ। नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमापनि ऋणपत्र कारोबार हुन सक्नेछ।


प्रकाशित : मंगलबार, जेठ २ २०८००४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend