बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

निरन्तर ओरालो लागेको सेयर बजार थामियो, ७२ करोडको मात्र कारोबार

सोमबार, जेठ १ २०८०
निरन्तर ओरालो लागेको सेयर बजार थामियो, ७२ करोडको मात्र कारोबार

सोमबार ३.३४ अंकले घटेर १८१८ बिन्दुमा झरेको बजारमा ७२ करोड ४९ लाख ६९ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार पनि गिरावट देखिएको छ। यो साताको पहिलाे कारोबारमा आइतबार १६.६९ अंकले घटेको बजार सोमबार उही बिन्दु वरपर थामिएको हो। 

सोमबार ३.३४ अंकले घटेर बजार १८१८.३१ बिन्दुमा झरेको छ। ९६ सेयर मूल्य बढेको बजारमा ७२ करोड ४९ लाख ६९ हजार रूपैयाँको कारोबार भएको छ। १ सय ४ कम्पनीको सेयर मूल्य घटेको बजारमा १९ कम्पनीको भने स्थिर छ।

लगानीकर्ताको विश्वास गुमाएको पुँजी बजार पछिल्लो समय लगातार कमजोर स्थितिमा देखिएको छ। सेयर बजारबाट एक वर्षमा ६ अर्बभन्दा धेरै गुमाइसक्दा लगानीकर्ताले विश्वस्त हुने आधार भेटिरहेका छैनन्।

संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहँदा बजारको अवस्था सुधारोन्मुख देखिँदैन। पुँजी बजार सुधारका लागि सरकारी प्रयास देखिइरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। 

सरकारले आगामी दिनमा लिने नीतिको पर्खाइमा लगानीकर्ता रहेका छन्। सरकारले नयाँ नीतिमार्फत बजारलाई सहज हुने व्यवस्था गरिदिनुपर्ने आवाज संगठित लगानीकर्ताहरूले उठाइरहेका छन्।


प्रकाशित : सोमबार, जेठ १ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend