शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपाल बैंकको नाफा ३७.१४ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी समेत उच्च

सोमबार, कात्तिक १५ २०७८
नेपाल बैंकको नाफा ३७.१४ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी समेत उच्च

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद नाफा बढाएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

काठमाडौं- नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद नाफा बढाएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। बैंकले सेयरधनीलाई गत वर्षको नाफाबाट दिने लभांश घोषणा गरेको छैन। बैंकको लाभांश दिने क्षमता २० देखि २८ प्रतिशत रहेको छ। 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.९८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१.९७ प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिसन आम्दानी पनि समीक्षा अवधिमा ४९.९१ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १४ करोड ६८ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ४.६६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ६.३२ प्रतिशत बढेको छ भने कर्जा ९.३९ प्रतिशत बढेको छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट ४ रुपैयाँ ३८ पैसा बढेर २३ रुपैयाँ ८९ पुगेको छ।


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०१:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend