बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ खुल्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १ २०८०
आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ खुल्यो

आईपीओमा लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकाका आयोजना प्रभावित बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

काठमाडौं- अप्पर स्याङ्गे हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको छ। 

कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्कासन गरेको हो। 

सो आईपीओमा लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकाका आयोजना प्रभावित बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६५ हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको छ।

उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। अधिकतममा भने स्थानीय बासिन्दाहरूले १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सोमबारदेखि खुलेको उक्त आईपीओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा स्थानीय बासिन्दाहरूले भने जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन्।


प्रकाशित : सोमबार, जेठ १ २०८००६:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend